सुन्तला बगैँचामै कृषक पाठशाला


जाजरकोट । भेरी नगरपालिका ‒६ को भावर टोलमा पहिलो पटक कृषक पाठशाला सञ्चालन गरिएको छ । कृषि विकास कार्यालय जाजरकोटको आयोजनामा कृषककै खेतमा कृषक पाठशाला सञ्चालन गरिएको हो । गत बर्षको मंसिर देखि सुरु गरिएको पाठशाला आज (बुधबार) समापन गरिएको कार्यालयका सूचना अधिकारी नविन राज आचार्यले जानकारी दिए । प्रांगारिक सुन्तला खेती सम्बन्धी पाठशाला सञ्चालन गरिएको आचार्यले बताए । पाठशालामा महिनाको २ पटक किसानलाई तालिम दिईने गरेको थियो ।

पाठशालामा सुन्तला बगैँचा व्यवस्थापनका विभिन्न क्रियाकलापहरु काट्छट, मलखाद, ब्रोड़ोपेस्ट, ब्रोड़ो मिक्चर बनाई प्रयोग गरिएको आचार्यले बताए । यस्तै अन्तरबालीको प्रयोग, कृषि पर्यावरण विश्लेषण, रोगÞ किरा पहिचान र व्यवस्थापन जस्ता क्रियाकलाप गरिएको थियो ।
मलखाद व्यवस्थापनमा विद्यमान तरिकामा कृषकहरुले अपनाउनु भएको तरिका गोठेमलको मात्र प्रयोग गरिएको थियो भने सुधारिएको तरिकामा प्राबिधिक अनुसार मल्खादमा गोठेमलमा tricoderma, nitrobuster, phosphobuster, metariziam फोर्टीफाइद गरिएको, माईकोराईजा, पिना, हड्डीको धुलो, गड्याउला मल आदिको प्रयोग गरिएको थियो ।


कृषक पाठशालामा १५ बोट विद्यमान तरिकाका लागि र १५ बोट सुधारिएको तरिकाका लागि परिक्षण गरिएको थियो । जसमा बार्षिक कार्यहरु बालिपात्रो अनुसार गरिएको आचार्यको भनाई छ । नतिजामा विद्यमान तरिका (कृषक तरिकामा ) १०० के. जी सुन्तला प्रति बोट उत्पादन भएको र सुधारिएको (प्राबिधिक ) तरिकामा १६० केजी प्रति बोट उत्पादन भएको छ ।  कृषक तरिका भन्दा प्राबिधिक तरिकामा ६० केजी प्रति बोट बढी उत्पादन भएको छ । पाठशालामा २७ जना कृषक सहभागी भएका थिए । पाठशाला सञ्चालन भएपछि किसान निकै खुशी भएका थिए ।

तपाईको प्रतिक्रिया