जाजरकोट । भेरी नगरपालिका‒०१ पिपेमा रहेको आधारभूत स्वास्थ्य केन्द्रमा वर्थिङ सेन्टर स्थापनाका लागि एक लाख साठी हजार बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । द नेस्लिङ ट्रस्ट युकेको आर्थिक सहयोग तथा सामाजिक विकास बाँकेको समन्वयमा उक्त सामग्री हस्तान्तरण गरिएको हो ।
सोमबार एक कार्यक्रमको वीच वडाध्यक्ष दिपक रानालाई सामाजिक विकास मञ्च बाँकेका अध्यक्ष चम्प सिंह थापा मगरले हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा भेरी नगरपालिकाका कार्यपालिका सदस्य लिलादेबी गौतम, मनिराम परियार र डोटे नेपालीको उपस्थित रहेको थिए । भुकम्पपछि भेरी नगरपालिकाको सबैभन्दा धेरै जनधनको क्षेती भएको यस ठाँउमा आउँदा दिनमा पनि साथ र सहयोग साथै निकट भविष्यमा यस स्वास्थ केन्द्रमा अरु उपकरण ल्याएर जनतालाई सहयोग सामाजिक विकास मञ्च बाँकेका सल्लाहकार भिम आचार्यले बताए ।
स्वास्थ्य केन्द्रका इन्चार्ज दलराज बिकले हस्तान्तरण गरिएका स्वास्थ सामग्रीले यस केन्द्रमा बथिङ सेन्टर स्थापना गर्न कोशे ढुङ्गाको भुमिका निर्वाह गर्ने साथै सुत्केरी महिला र नवजात शिशुलाई स्वास्थ्य उपचारमा मद्दत गर्ने विश्वास व्यक्त गरे ।
हाम्रो पहुँच संवाददाता । ३ मंसिर २०८१, सोमबार