रिठा बस दुर्घटना अपडेट: घाइते ९ जनाको परिचय खुल्यो (नामावलिसहित)

रिठा बस दुर्घटना अपडेट: घाइते ९ जनाको परिचय खुल्यो (नामावलिसहित)

रुकुम पश्चिम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ११ रिठामा बस दुर्घटना भएको छ । काठमाडौबाट राडीतर्फ जादै गरेको प्रदेश ३–०१ ००५ ख ९९६६ नम्बरको बस शनिबार दिउँसो भेरी करिडोर स्थित रिठा नजिकै दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।

घाइते हुनेमा धादिङ खाग्री गाउँपालिका १ का ३१ वर्षिय चालक खड़कबहादुर तामाङ, सोही गाउँपालिका ६ बस्ने २८ वर्षिय भिमबहादुर भुलन, रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ का ३१ वर्षिय प्रकाश गौतम, दोलखा भिमेश्वर नगरपालिका ७ का २६ वर्षिय प्रकाश मगराठी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।

त्यस्तै घाइते हुनेमा रुकुम पश्चिमको आठविसकोट नगरपालिका ११ का १७ वर्षीय गणेश रसाइली, जाजरकोट नलगाड नगरपालिका ८ का ४५ वर्षिया भिमकुमारी चदारा, उहाँको १० वर्षको छोरा मानबहादुर चदारा, मोरङ खेरुवा नगरपालिका ५ का २८ वर्षिय आकाश काफ्ने र जाजरकोट नलगाड नगरपालिका १२ की २५ वर्षिया किसङकुमारी विक रहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो ।

घाइते सवैको अवस्था सामान्य रहेको र अहिले नगर अस्पताल राडीमा उपचार भइरहको छ । बस अनियन्त्रित भइ सडकबाट ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

WhatsApp-Image-2024-11-16-at-14.12.20_9bf53047-1731747684.jpg

तपाईको प्रतिक्रिया