सुर्खेत । कालीकोटको पलाता गाउँपालिका-३ स्थित राडुकाप्रे खोलाको बिचमा बोलेरो गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने अन्य १० जना घाइते भएका छन् ।
गाडीमा सवार २० जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार बाँकी १० जना घाइते छन् ।
उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर त्यसतर्फ जान लागेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।
हाम्रो पहुँच संवाददाता । २५ कार्तिक २०८१, आईतवार