सुर्खेत बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

blog

 सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पस प्रमुखले सहमति विपरित करार प्रक्रिया थालेको भन्दै प्रध्यापक संगठनहरुले विरोध गरेका छन् । विभिन्न प्रध्यापक संगठनहरुले ध्यानाकर्षण जनाउँदै निर्णय सच्याउन अनुरोध गरेका छन् । सरोकार पक्षसँगको सहमति विपरीत क्याम्पस प्रमुख माधवप्रसाद खनालले अवैधानिक तवरबाट व्यवस्थापन संकायका २ जनालाई मात्र करार प्रक्रिया अघि बढाएपछि आंशिक प्राध्यापकहरू आन्दोलनमा उत्रेका हुन् । क्याम्पसमा अनिश्चितकालीन तालाबन्दीले पठनपाठनका साथै प्रशासनिक कामकाज पनि ठप्प भएको छ । व्यवस्थापन संकायलाई मात्र करार गर्ने निणर्यलाई यथाशीघ्र रद्द गरी विभिन्न समयमा सरोकारपक्ष तथा आंशिक प्राध्यापक संघसँग भएको सहमति पालना गर्न आंशिक प्राध्यापकहरूको माग छ । ूहामी कुनै आंशिक प्राध्यापकहरूलाई करार गर्नुहुन्न भन्दैनौं तर क्याम्पसमा लामो समयदेखि शिक्षाशास्त्र र व्यवस्थापन संकायमा प्राध्यापनरत आंशिक प्राध्यापकमध्येबाट आवश्यक भएका विषयहरूमा त्रिवि कार्यकारी र आंशिक प्राध्यापकहरूबिच भएको सहमतिअनुसार विज्ञापन गरी करार गर्नुपर्छ,ू पेसागत संगठनद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । यसैबिच, नेपाल आंशिक प्राध्यापक संघ क्याम्पस इकाई समितिले पनि विज्ञप्ति जारी गर्दै विगतमा भएका सहमति उल्लंघन नगर्न क्याम्पस प्रमुखलाई चेतावनी दिएको छ । त्रिवि कार्यविधिविपरीतका उम्मेदवारहरूलाई विधि प्रक्रिया पूरा नगरी क्याम्पस प्रमुखले एकलौटी गरेको भन्दै संघले आपत्ति जनाएको हो । नविन सुवेदी

तपाईको प्रतिक्रिया