जाजरकोट । जाजरकोटमा बोलेरो दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । मङ्गलबार दिउँसो सदरमुकाम खलङ्गाबाट भेरी नगरपालिका ६ भेरे जान लागेको ग १ ज ७७११ नम्बरको बोलेरो जीप सोही नगरपालिकाको वडा नम्बर ६ को गंज जङ्गलमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले बोलेरो जीप दुर्घटना भए लगत्तै उद्धारका लागि घटनास्थलतर्फ प्रहरी गए पनि क्षतिको विवरण आइनसकेको जानकारी दिनुभयो ।दुर्घटनास्थलमा खटिनुभएका जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक तथा सूचना अधिकारी माधव विश्वकर्माले १५ जना यात्रु सवार सबै घाइते भएको र केही गम्भीर घाइते भएका छन् । जीपका चालक भेरी नगरपालिका ६ का मानबहादुर वली रहेको खुलेको छ । घाइतेलाई उद्धार गरेर जिल्ला अस्पताल जाजरकोट ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
हाम्रो पहुँच संवाददाता । २२ श्रावण २०८१, मंगलवार