जाजरकोट । बारेकोट गाउँपालिकामा मानव–पशु अलग घर निर्माण कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पुस्तौदेखि एउटै घरको भुइँ तलामा पशु चौपाया र माथिल्लो तलामा मानिसहरू बस्दै आएकामा गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरी निर्वाचित भएलगत्तै मानव–पशु अलग घर कार्यक्रम ल्याएका थिए ।
अहिले पालिकाका अधिकांश ठाउँमा मानव–पशु अलग घर निर्माण कार्य जारी रहेको छ । हालसम्म ९५ पशु घर निर्माण भएको गाउँपालिकाका अध्यक्ष गिरीले जानकारी दिए । सुरुमा पाँच भैँसी हुने किसानलाई उक्त पशु घर निर्माण गरिएको थियो भने आगामी वर्षमा तीनदेखि पाँचसम्म भैँसी हुने किसानका लागि पशु घर निर्माण गरिने उनको भनाइ छ । पालिकाभित्र पशुपालन गरेर दैनिक गुजारा चलाइरहेका किसानलाई पशु घर निर्माणको कार्यक्रमले समेट्ने गरेको उनले बताए ।
स्थानीय स्रोत साधन प्रयोग गरेर उक्त पशु घर निर्माण गरिएका हुन् । पशु घर निर्माणले पशु चौपायाको स्वास्थ्य राम्रो हुनुका साथै मानवको स्वास्थ्यलाई समेत सघाउ पुग्ने उनको अपेक्षा छ । आर्थिक अभावका कारण मानव र पशु चौपाया एकै ठाउँमा हुँदा स्वास्थ्यमा समस्या आउने गरेकाले आफूहरूले पहिलो काम यही गरेको अध्यक्ष गिरीले बताए । गाउँपालिका र प्रदेश सरकारको लगानीमा उक्त कार्यक्रम सञ्चालन भइरहेको छ ।
पालिकाभरि निश्चित मापदण्डका आधारमा पशु चौपायाको अलग घर निर्माण कार्य हुँदै आएको छ । पशु चौपाया पालनका हिसाबले बारेकोट पहिलो जिल्लामै पहिलो हो । वर्षायाममा पाटन क्षेत्रतिर चरिचरनका लागि लिने गरिन्छ भने हिउँद ाममा घरमा ल्याएर पालन गरिँदै आएको छ । यो कर्णालीकै नयाँ कार्यक्रम पनि हो । भूकम्पका कारण केही संरचनामा क्षति भए पनि फेरी मर्मतको काम चलिरहेको छ ।
यस्तै, बारेकोट गाउँपालिकाले सुरु गरेको मानव–पशु अलगघर निर्माण कार्यक्रमका लागि कर्णाली प्रदेश सरकारले १ करोड बजेट विनियोजन गरेको छ । प्रदेश सरकारको आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा बारेकोट गाउँपालिकाले अघि सारेको मानव–पशु अलगघर निर्माण कार्यक्रमका लागि लागि १ करोड बिनियोजन गरिएको हो ।
आफुहरुले पालिकाभित्र मान्छे र पशु एकै घरमा बस्नुपर्ने बाध्यताबाट अलग गर्ने उद्देश्यले उक्त कार्यक्रम संचालन गरेको गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताए । यसअघि एउटै घरको भुइँतलामा पशु चौपाय र माथिल्लो तलामा मानिसहरू बस्दै आएकोमा गिरी अध्यक्षमा निर्वाचित भएलगत्तै मानव–पशु अलगघर निर्माण कार्यक्रम अघि सारेका थिए ।
मानव र पशु संगै बस्नुपर्ने बाध्यताले सरसफाई नहुने देखि नागरिकहरु विभिन्न प्रकारका संक्रमण झेल्न बाध्य नागरिकलाई स्वस्थ र पशुपालन व्यवसायलाई व्यवस्थित गर्ने उद्देश्यले उक्त कार्यक्रम ल्याइएको अध्यक्ष गिरीले बताए । कार्यक्रम सम्पन्न गर्न पालिकाको बजेटले नभ्याउने भएपछि आफुले प्रदेस सरकारलाई बजेट व्यवस्थापनका लागि अनुरोध गरेको अध्यक्ष गिरीको भनाई छ ।
बारेकोटमा चालु आर्थिक वर्षमा पनि मानव–पशु अलगघर निर्माण कार्यक्रम संचालन भईरहेको छ । हालसम्म ९५ पशुघर निर्माण भएको गाउँपालिकाका अध्यक्ष गिरीले जानकारी दिए । सुरुमा पाँच भैँसी हुने किसानलाई उक्त पशुघर निर्माण गरिएको थियो भने आगामी वर्षमा तीनदेखि पाँच वटासम्म भैँसी हुने किसानका लागि पशुघर निर्माण गरिने उनको भनाई छ । पशु पालनका हिसाबले राम्रो सम्भावना रहेको बारेकोटका किसानहरु वर्षायाममा आफ्ना पशु चौपायलाई चरिचरनका लागि पाटन क्षेत्रतिर लिने गर्दछन ।
हाम्रो पहुँच संवाददाता । ११ असार २०८१, सोमबार