क्रान्तिकारी कम्यूनिष्ट पार्टी  नेपाल संगठन विस्तार गर्न जाजरकोटका गाउँगाउँमा


जाजरकोट । यतिवेला संगठन विस्तारमा क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल जाजरकोटका गाउँगाउँमा पुगेको छ । पार्टीका नेता, कार्यकर्ताहरु दुर्गम गाउँहरुमा पुगेर पार्टीको संगठन विस्तार गरिरहेका छन् ।

पार्टीले पालिका स्तरीय भेला तथा सम्मेलन तीव्र रुपले गरिरहेको छ । यस्तै क्रममा क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपालले बारेकोट गाउँ कमिटी गठन गरेको क्रान्तिकारी कम्यूनिष्ट पार्टी नेपाल जाजरकोटका संयोजक हिमालले जानकारी दिए ।

उनका अनुसार, बारेकोट गाउँपालिकाका पूर्व वडाअध्यक्ष कर्ण बहादुर नेपालीको संयोजकतामा २५ सदस्यीय कमिटी गठन गरिएको छ । स–संयोजक मनबहादुर खत्री रहेका छन् ।


यस्तै, नलगाड नगरपालिकामा यज्ञ कुसारीको नेतृत्वमा १९ सदस्यीय कमिटी गठन गरिएको छ । पार्टीको संगठन विस्तार यहाँका सात वटै पालिकामा गर्ने हिमालले बताए । जाजरकोटमा भईरहेको भ्रष्टाचार,कालोबजारी, अनियमितता र अलपत्र विकास निर्माणका विषयमा पार्टी गम्भीर भएर लाग्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया