जाजरकोट । जाजरकोटका विभिन्न कविहरुले कविता मार्फत वुधवार खलंगाको गैरीखालीमा व्यापक रुपमा आमाको महिमा गाएका छन् । जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा आयोजना गरेको मेरी आमा शिर्षकको खुला कविता प्रतियोगितामा भाग लिदै उनीहरुले आफ्नै मौलिक शव्द र शैलीमा आमाको महिमा गान गाएका हुन् ।
आफनो जीवनमा आमाको भुमिका र योगदान अतुलनीय र अविष्मरणीय रहेको भाव कविता मार्फत व्यक्त गरे । आमा प्रति सम्मानभाव व्यक्त गर्दै समाजमा आमाप्रतिको भक्तिभाव, सन्तानको दायित्व र सम्मानभाव वढाउने कार्यमा सहयोग गर्ने उद्देस्यले प्रतिष्ठानले आयोजना गरेको उक्त कविता प्रतियोगितामा सहभागि जिल्लाका दुइ दर्जनवढी कविहरुले जीवन निर्माणको लागि आमाको योगदान, महत्व र आवस्यकतालाइ आफना आफनै शैलीमा वर्णन गरे । जाजरकोटका विभिन्न स्थानवाट आएका २२ जना प्रतियोगी र ३ जना अप्रतियोगि कविहरुले आफना कविताहरु वाचन गरेको उक्त प्रतियोगितामा भेरी नगरपालिका वडा नम्वर ४ की कवयित्री सुमी शाही चन्दले प्रथम स्थान प्राप्त गरिन भने छेडागाड नगरपालिका १३ चैतेटाकुराकी पुष्पा परियारले द्धितीय स्थान प्राप्त गरिन् ।
यसै गरि छेडागाड नगरपालिका वडा नम्वर १२ की फुलमाया सिंहले तृतीय र भेरी नगरपालिका वडा नम्वर ३की सुरक्षा शाहले सान्त्वना स्थान प्राप्त गरिन् । उक्त कविता प्रतियोगितामाम रितु वटाला, हेमन्त निस्चल, एलिना सिंह, फुलमाया सिंह, पुस्पा परियार, विमला सिंह, ममता सिंह, सुमी शाही, सुरक्षा शाह, टविन कार्की, अनुपमा शाही, रामप्रसाद पौडेल, विपोसना वली, सुरक्षा सिंह, अस्मी कयाल, अन्जु गौतम, छविराज शर्मा, मनमति वुढा, गणेश आरसी, इरा केसी र नारायणप्रसाद पौडेलले प्रतियोगिको रुपमा र जनक सम्वेदक, अच्युतप्रसाद शर्मा र वालकुमार शर्माले अप्रतियोगिको रुपमा कविता वाचन गरेका थिए । प्रतियोगितामा विजयीहरुलाइ नगद पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।
प्रतिष्ठानका कोषाध्यक्ष शोभा सिंहका अनुसार प्रथमलाइ ३तीन हजार ५ सय, द्दितीय हुनेलाइ दुइ हजार पाँच सय, तृतीय हुनेलाइ एक हजार पाँच सय र सान्त्वना हुनेलाइ एक हजार नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा विजयी हुने कविहरुलाइ जिल्ला समन्वय प्रमुख कालीवहादुर खत्री, नागरिक समाजका अगुवा राजेन्द्रविक्रम शाह, नेपाली काँग्रेसका नेता मुक्तिप्रसाद आचार्य, भेरी नगरपालिका वडा नम्वर ४की वडा सदस्य वसुन्धरा विकले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए भने प्रतिष्ठानका अध्यक्ष जनक केसीले मेडल लगाएदिएका थिए ।
जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्ष जनक केसीको अध्यक्षता, जिल्ला समन्वय प्रमुख कालीवहादुर खत्रीको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी क्रृषिराज आचार्यको विशेष आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न विशिष्ट व्यक्तिहरु, राजनैतिक दलका नेताहरु,साहित्यकारहरु, नागरिक समाजका प्रतिनिधिहरु, पत्रकारहरु र सर्वसाधारण व्यक्तिहरु लगाएत प्रतिष्ठानका सदस्यहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
समाजमा आमा प्रतिको सम्मान भाव वढाउन र उहाँहरु प्रति छोराछोरीको तर्फवाट जिम्मेवारीवोधको भावना वढाउने कार्यमा सहयोग गर्न आफुहरुले यो कार्यक्रम आयोजना गरेको प्रतिष्ठानका अध्यक्ष जनक केसीको भनाइ छ । समाजमा वढ्दै गएको सामाजिक अराजकता, पारिवारिक दायित्वहिनता र आमावुवा प्रतिको सम्मानहिनताको विरुद्धमा आम युवा तथा वालवालिकाहरुलाइ प्रेरणा दिन यो कार्यक्रम आयोजना गरिएको अध्यक्ष केसीले वताए । कार्यक्रममा वोल्दै जिल्ला समन्व्य समितिका प्रमुख कालीवहादुर खत्रीले प्रतिष्ठानले आयोजना गरेको यसकार्यक्रमले समाजमा सकरात्मक प्रभाव पारेको वताए ।
उनले जन्मदाताहरु प्रति सम्मान आदर तथा जिम्मेवारीवोध गराउने उद्देस्य राखेर गरिएको कार्यक्रमले सवैलाइ प्रेरणा दिएको वताए । यस्तै साहित्यकार पुर्ण समीर महताराले पनि जिल्लामा साहित्य सिर्जनामा टेवा पुरयाउनुका साथै आमावुवा प्रति सन्तानको दायित्ववोध गराउन सवैलाइ प्रेरणा दिन कार्यक्रमले भुमिका खेलेको वताए ।
हराउदै गएको मानवा र मौलाउदै गएको अराजकतालाइ नियन्त्रण गर्ने मुख्य माध्यम जिम्मेवारीवोध, सम्मानभाव र सकरात्मक सोच हामी सवैमा हुुनु पर्छ भनेर प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमले सन्देश दिएको साहित्यकार महताराले वताए ।
यस्तै यो कविता प्रतियोगिता सफल रुपमा सन्चालन गर्नका लागि भेरी नगरपालिका वडा नम्वर ४ सालघारी घर भइ हाल अमेरीका वस्ने सुरेशजंग शाहले १० हजार र शिवालय गाउँपालिका वडा नम्वर ५ निवासी युवा संघ नेपालकी केन्द्रिय सदस्य पन्चमी रेग्मीले ३ हजार आर्थिक सयोग गरेको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले यस अघि भदौ महिनामा पनि कुशे औंंसी अर्थात वुवाको मुख हेर्ने दिनको अवसरमा मेरा वा शिर्षकमा खुला कविता प्रतियोगिता सन्चालन गरेको थियो ।
https://fb.watch/rZyZG_SNUY/
हाम्रो पहुँच संवाददाता । २८ बैशाख २०८१, शुक्रबार