जाजरकोट । नेकपा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा जाजरकोटको संयोजकमा दिपक विक सर्वसम्मत चयन भएका छन् ।
नलगाड नगरपालिकाको दल्लीमा भएको जिल्ला स्तरीय भेलाले विकलाई संयोजकको जिम्मेवारी सर्वसम्मत चयन भएका हुन् । यस्तै, सचिवमा दिपक नेपाली चयन भएका छन् ।
संगठनले जाजरकोटी दलित आन्दोलनलाई अब शैक्षिक, उत्पादन र रोजगारमा अगाडि बढाउने जस्ता महत्वपूर्ण निर्णय गरेको छ ।
हाम्रो पहुँच संवाददाता । १५ बैशाख २०८१, शनिबार