जाजरकोट महिला सशक्तिकरण अभियान संस्थाको कार्यालय उद्धघाटन

No description available.
खलंगा । जाजरकोटमा महिला सशक्तिकरण अभियान संस्थाको कार्यालय उद्धघाटन गरिएको छ । एक कार्यक्रमको आयोजना गरी संस्थाको कार्यालय भेरी नगरपालिका— ०४ गैरीखालीमा स्थापना सँगै उद्धघाटन गरिएको हो । प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले संस्थाको कार्यालय ब्यानर पढेर औपचारिक रुपमा उद्धघाटन गरेका थिए ।

विपन्न वर्गका महिलाहरुको सीप विकास तथा आयआर्जन र सशक्तिकरणका लागि सरकारी , गैरसरकारी तथा स्थानीय निकायहरु संग समन्वय गरी सिपमूलक तालिम, गोष्ठि तथा अन्तरक्रिया, शिक्षा, स्वास्थ्य, कृषि र पशुपंछिपालन सम्वन्धि आयमूलक कार्यक्रमहरु संचालन गर्न टेवा पुरयाउने उद्देश्यले संस्थाको स्थापना गरेको जाजरकोट महिला सशक्तिकरण अभियानका अध्यक्ष रीता पुनले जानकारी दिनुभयो ।

No description available.

सामाजिक विकृति वालविवाह, बहुविवाह, छाउपडी, छवाछुत मानव बेचबिखन, महिला घरेलु हिंसा आदि न्युनिकरण गर्न जनचेतनामूलक कार्यक्रम संचालन गर्न सघाउ पुरयाउने , जाजरकोट जिल्लाको कला, संस्कृति र साहित्यको संरक्षण र सम्वर्द्धन गर्न टेवा पुरयाउने, वन जंगलको संरक्षण तथा वृक्षारोपन गर्न टेवा पुरयाउने , बाढी पहिरो भुकुम्प आदी प्राकृतिक तथा दैवि प्रकोप पिडितहरु लाई राहत उद्धार पुनस्थापना र जीविकोपार्जनका कार्यहरु गर्न सघाउ पुरयाउने उद्देश्य सहित संस्थापनको खाका कोरिएको अध्यक्ष पुनले बताउनुभयो ।

No description available.

संस्था स्थापनाको शुभकामना मन्तव्य राख्दै भेरी नगरपालिका उप प्रमुख सिता जैसीले नगरपालिका सधैं संस्थाको साथमा रहेको बताउनुभयो । संस्थाले गर्ने हरेक काममा नगरपालिकाले सहयोग गर्ने समेत बताउनुभयो । यस्तै, प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी ऋषिराज आचार्यले संस्थाले थालेको अभियान निकै सराहनीय रहेको बताउनुभयो । प्रशासनको तर्फबाट सधैं संस्थालाई सहयोग रहने उहाँको भनाई थियो ।

संस्थाको अध्यक्षमा रीता पुन, उपाध्यक्षमा बेलमति रोकाय थापा, सचिवमा तिर्था कुमारी थापा पुन, सहसचिव विमा पुन, कोषाध्यक्षमा पुर्णिमा पुन, सदस्यमा सुनिता वि.क र आस्था खड्का (आरसी) रहनुभएको छ ।

No description available.

तपाईको प्रतिक्रिया