जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

जाजरकोट। जाजरकोटमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु भएको छ । जिल्लाको छेडागाड नगरपालिका – ३ हाडेतोला बस्ने ५५ वर्षीया हरिकला अधिकारीको मृत्यु भएको जनाइएको छ । छेडागाड नगरपालिकाका नगर उपप्रमुख चन्द्र बहादुर थापाले हिजो दिउँसो घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुर्दा घटनास्थलमै मृत्यु भएको जानकारी दिनु भयो ।

तपाईको प्रतिक्रिया