फोेहर व्यवस्थापनमा छैन ठोस योजना,फोहर बन्दै खलंगा

शान्ति चौतारा देखि तत्लो थाप्लेको वीच सडकको छेउछाउमा फोहरको थुप्रो नै भेटिन्छ । सदरमुकाम समेत रहेको खलंगामा फोहर व्यवस्थापन नहुँदा निकै समस्या भईरहेको छ । यहाँका शान्तिचौतारा, गैरीखाली, तत्लो थाप्ले, नयाँ बस्ती लगायतका क्षेत्रमा जभाभावी फोहरको डंगुर देखिन्छ ।

unn.prixa.net

जाजरकोट । शान्ति चौतारा देखि तत्लो थाप्लेको वीच सडकको छेउछाउमा फोहरको थुप्रो नै भेटिन्छ । सदरमुकाम समेत रहेको खलंगामा फोहर व्यवस्थापन नहुँदा निकै समस्या भईरहेको छ । यहाँका शान्तिचौतारा, गैरीखाली, तत्लो थाप्ले, नयाँ बस्ती लगायतका क्षेत्रमा जभाभावी फोहरको डंगुर देखिन्छ ।

जिल्ला प्रशासन कार्यालय जाने बाटोको वीच छेउमा पनि फोहर उस्तै छ । सुन्दर, शान्त, हरियाली रहेको खलंगा बजार विस्तारै दुर्गन्धित बन्दै गईरहेको छ । फोहर व्यवस्थापनका लागि यहाँका सरोकारवालाहरुले चासो नदिदा फोहरै फोहरको खलंगा बनिरहेको छ ।

गैरीखाली हुदै रिसाङ्ग जाने सडक पनि फोहर बाट अछुत छैन् । भेरी नगरपालिकामा पर्ने खलंगा बजारको फोहर व्यवस्थापनमा नगरपालिकाले चासो दिएको देखिदैन् । ‘गर्मीको समय सुरु भईसकेको छ, जथाभावी फोहर फालिएको छ भेरी नगरपालिका —०२ का पुष्प वलीले भने, ‘फोहर व्यवस्थापनमा सरकारी पक्षले चासो दिएको देखिदैन्, विशेष गरी नगरपालिकाले कुनै योजना बनाएको देखिदैन् ।’

सार्वजनिक बाटो, चौतारो, सडकको नालीमा फोहर थुप्रिएको छ । सडकमा फोहर थुप्रिदा नागरिकलाई आवतजावत गर्न समस्या भएको छ । पहिले पहिले यहाँका सरकारी कार्यालयका प्रमुखहरुले हरेक शनिवार खलंगा सफाई कार्यक्रमको सञ्चालन गरेका थिए । अहिले उनीहरुले फोहर व्यवस्थापनमा चासो नदिदा जताततै फोहरै फोहर देखिन्छ । मुख्यमुख्य सडक र वस्तीका छेउछेउमा फोहर थुप्रिएको छ । घर, होटेल तथा कार्यालय बाट निस्कने कुहिने र नकुहिने फोहर मनपरी ढंगले फाल्दा प्रदुषण बढिरहेको छ ।

भेरी नगरपालिकाले बजार क्षेत्रको फोहोर नियमित रूपमा नउठाउँदा र खलङ्गाको गैरीखाली बजारका व्यापारीले जथाभाबी फोहोर फाल्दा बजार नै दुर्गन्धित बनेको छ। स्थानीय व्यापारीले कुहिने र नकुहिने फोहोर जथाभाबी फाल्दै आएका छन्।

गैरीखाली, पाँचकटिया, ब्याउलीढुङ्गा हुँदै जुम्ला जोड्ने सडकखण्ड अन्र्तगत जिल्ला प्रहरी कार्यालयनजिकै सबै कुशे गाउँपालिकादेखि सदरमुकाम खलङ्गाको प्रवेशका रूपमा रहेको गैरीखालीनजिकै जथाभाबी फोहोर फालिँदै आएको छ ।

बजार क्षेत्र सफा, स्वस्थ राख्न स्थानीय सरकारद्वारा बजेट व्यवस्थापन गरी फोहोर सङ्कलन गरे पनि व्यापारी र सर्वसाधारणले जथाभाबी फोहोर फाल्दा बजार क्षेत्र प्रदूषित हुन थालेको छ। जिल्ला प्रशासन कार्यालय आवतजावत गर्ने, जिल्ला प्रहरी कार्यालयनजिकै फोहर बढ्दै गए पनि सरोकारवाला निकाय मौन देखिने गरेको छ। भेरी नगरपालिकाले नीति निर्देशन अनुसार अधिकार प्रयोग नगरेका कारण स्थानीय व्यापारीले जथाभाबी फोहोर फाल्न थालेका छन् ।

प्लास्टिक र बेयर बोतल बजारमा छरपट्ट
बजारमा प्लास्टिक र बेयरका बोतलहरु छरपट्ट देखिन्छन् । मदिरा र खानेपानीका बोतलहरु बजारमा मनपरी ढंगले फालिएको छ । बजारमा जथाभावी फोहर फाल्नेलाई नत सम्झाइन्छ नत कारवाही हुन्छ । आफै घर वरिपरिको फोहर समेत स्थानीय उठाउँदैनन् । महंगो रक्सी ब्राण्डका बोतलहरु सडकका छेउछेउमा भेटिन्छन् । यसरी फालिएका फोहरले वातावरण विग्रनुका साथै मानवीय स्वास्थ्यमा समेत ठूलो असर गर्ने चिकित्सकहरुको भनाई छ ।

जिल्ला स्वास्थ्य कार्यालयको वरिपरि समेत फोहर थन्किएको छ । फोहर व्यवस्थापनमा कार्यालयले चासो दिन सकेको छैन् । केही महिना अघि यहाँका स्थानीय यूवाहरुले फोहर व्यवस्थापनमा हप्तामा एक दिन खलंगा सरसफाई अभियान चलाएका थिए । फोहर व्यवस्थापनमा स्थानीय सरकार र संघ संस्थाहरु बाट कुनै पनि सहयोग नपाएको उनीहरुको भनाई छ ।

होटल, पसलहरु बाट निस्कने फोहरलाई समेत व्यवस्थापन गर्न सकिएको छैन् । सडकका नाली छेउहरु फोहरले भरिएका छन् । स्थानीय तहका जनप्रतिनिधी तथा सरोकारवाला पक्षहरुलार्ई फोहरले गिज्ज्याउने गरेको भएतापनि उनीहरुको ध्यान अझै पुगेको छैन् । फोहर व्यवस्थापनमा चासो नदिदा जलवायू परिवर्तनले समेत चुनौती दिईरहेको छ ।

बजेट नै छैन् फोहर व्यवस्थापनमा
फोहर व्यवस्थापनका लागि भेरी नगरपालिकाले प्राथमिकता दिएको पाईदैन् । नगरपालिकाले फोहर व्यवस्थापनका लागि कुनै पनि बजेट विनियोजन गरेको छैन् । नगरपालिकाले दुई जना कर्मचारी नियूक्ति गरेको छ । हप्तामा तीन दिन फोहर लिने गरेको नगरपालिकाका योजना अधिकृत अनिश शाहले बताए । ‘पहिले नगरपालिकाको गाडी थियो, उनले भने, अहिले फोहर लिने गाडी विग्रीएको छ, भाडामा गाडी लिएर पनि फोहर व्यवस्थापन भईरहेको छ ।’

बजारमा फोहर देखिनु नगरबासीमा जनचेतनाको अभाव रहेको समेत अधिकृत शाहले बताए । नगरपालिकाको गाडी नेपालगञ्जमा मर्मत भईरहेको उनको भनाई छ । नगरपालिकाले फोहर व्यवस्थापन सम्बन्धिका कुनै नीति, नियम तथा कार्यविधी बनाएको छैन् । बजेट विनियोजन समेत प्राथमिकतामा पढ्न सकेको छैन । सदरमुकाममा समेत रहेको नगरपालिकाले फोहर व्यवस्थापनलाई चासो नदिनु निकै लज्जास्पद कुरो भएको स्थानीयको भनाई छ । यहाँका सरोकारवाला निकायहरुले समेत फोहर व्यवस्थापनलाई प्राथमिकता दिन जरुरी छ ।

तपाईको प्रतिक्रिया