जिल्ला स्तरीय समीक्षा : स्वमुल्याकंनमा नलगाड, वित्तिय सुशासनमा भेरी अघि..

No description available.
जाजरकोट । जिल्ला स्तरीय अर्धबार्षिक प्रगति समीक्षा सम्पन्न भएको छ । जिल्ला समन्वय समिति जाजरकोटको आयोजनामा सदरमुकाम खलंगामा अर्धबार्षिक प्रगति समीक्षा सम्पन्न भएको हो । यहाँका सात वटै स्थानीय तह, सरकारी कार्यालयको प्रगति विवरण सहित समीक्षा गरिएको जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले जानकारी दिए । स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा नलगाड नगरपालिका प्रथम भएको छ ।

नलगाड नगरपालिका प्रशासनिक कार्यसम्पादन मूल्याङ्कनमा जाजरकोटकै उत्कृष्ट पालिका भएको छ । स्थानीय तहहरूको संस्थागत क्षमता स्व मूल्याङ्कन (लिजामा) नलगाड नगरपालिका प्रथम भएको प्रमुख खत्रीले बताए ।

आर्थिक वर्ष २०७९÷०८० को कार्यसम्पादनका आधारमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार ९५.५ अंक ल्याएर प्रशासनिक मूल्याङ्कनमा उत्कृष्ट भएको खत्रीले बताए । विभिन्न सूचकहरूको मूल्याङ्कनको आधारमा आर्थिक वर्ष २०७९÷०८० मा तय भएका कार्यक्रम र कार्य प्रगतिलाई मूल्याङ्कनको मुख्य आधार बनाएर प्रत्येक स्थानीय तहहरूलाई १०० पूर्णाङ्कमा निर्धारण गरी विभिन्न शीर्षकहरूमा मूल्याङ्कन गरिने खत्रीको भनाई छ ।

१०० पूर्णाङ्कको मूल्याङ्कनमा नलगाड नगरपालिकाले ९५.५ अङ्क पाएको छ भने छेडागाड नगरपालिकाले ७७.५ पाएको छ । भेरी नगरपालिकाको ६९ दशमलव ७५, जुनीचाँदे गाउँपालिका ६२ दशमलव ७५, बारेकोट गाउँपालिका ६० दशमलव पाँच, शिवालय गाउँपालिका ४५ दशमलव २५ र कुशे गाउँपालिकाले सबैभन्दा कम ४१ दशमलव पाँच अंक प्राप्त गरेको छ ।

यस्तै, स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्यांकन मुल्यांकनमा भेरी नगरपालिकाले पहिले स्थान प्राप्त गरेको छ ।

योजना बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्गन तथा प्रतिवेदन, अनुगमन मुल्यांकन तथा लेखापरिक्षण र राजस्व व्यवस्थापन सहितका पाँच वटा सूचकमा ८३ दशमलव पाँच अंक प्राप्त गरी भेरी पहिलो भएको हो ।

यस्तै, नलगाड नगरपालिकाले ७९ दशमलव पाँच, कुशे गाउँपालिका ७४ दशमलव पाँच, शिवालय गाउँपालिका ६९ दशमलव पाँच, छेगागाड नगरपालिका ६४ दशमलव पाँच, बारेकोट गाउँपालिका ६३ दशमलव पाँच र जुनीचाँदे गाउँपालिकाले सबैभन्दा कम ६१ अंक प्राप्त गरेको छ । समीक्षामा कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले नवनिर्माणको जाजरकोट बनाउन सबैको भूमिका महत्वपूर्ण रहेको बताए ।

‘भूकम्पले थिलोथिलो भएको जाजरकोटलाई नवनिर्माण तिर लिएर सुन्दर जाजरकोट बनाउनुपर्छ, उनले भने, यहाँका जनप्रतिनिधीहरुको साथ चाहिएको छ ।’ अन्य सरकारी कार्यालयहरुलाई पुजीँगत खर्च बढाउन निर्देशन समेत दिएका छन् । अहिले सम्म खर्चको विवरण निकै कमजोर र विकासी बजेटलाई खर्च गरी परिणाम देखाउन निर्देशन दिएका हुन् ।

तपाईको प्रतिक्रिया