जाजरकाेटकाे बारेकाेट गाउँपालिका वडा नं. ०२ काे राेकायगाउँ : तस्विर
जाजरकोट । बारेकोट गाउँपालिका—०२ का स्थानीय राम बहादुर विक उमेरले २० बर्षका भए । २०७८ सालमा एसईई उर्तीण गरेका विक अहिले कक्षा १२ मा अध्ययनरत छन् ।
उनी अहिले भारतको हिमाञ्चल प्रदेशमा ज्याला मदजुरी गरिरहेका छन् । कक्षा ११ मा पढ्दाको शुल्क र १२ को शुल्क तिर्नकै लागि उनी भारतमा मजदुरी गर्न गएका हुन् ।
घरमा आफु वाहेक अरु कमाउने मान्छे नभएको हुँदा आफु इन्डिया जानुपर्ने बाध्यता रहेको उनले बताए । उनले भने, ‘घरमा एक जना वृद्ध आमा हुनुहुनुन्छ, विद्यालयमा महङ्गो शुल्क तिर्नुपर्छ, आफ्नो पढाई खर्च र घर खर्च जुटाउनका लागि यहाँ दिनरात नभनी अर्काको देशमा मजदुरी गर्नु परेको छ ।’
उनले थपे ‘नपढौं भने भविष्य अन्धकार हुन्छ पढौं भने आर्थिक अवस्था कम्जोर छ त्यसैले छ महिना पढ्ने छ महिना कमाउने गरेको छु ।’
सोही गाउँका वीरेन्द्र नेपाली उमेरले १९ बर्षका भए । २०७६ सालमा स्थानीय वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयबाट एसईई परीक्षा उर्तिण गरेका नेपाली सोही विद्यालय कक्षा ११÷१२ अध्ययन गरे । विद्यालयमा दिनुपर्ने शुल्क अहिले सम्म पनि दिएका छैनन् । उनी पनि अहिले भारतको हिमाचाल राज्यमा मजदुरी गरिरहेका छन् ।
अर्का १७ बर्षिय वीरेन्द्र नेपाली पनि भारतमै काम गर्न गएका छन् । ८ बर्ष अगाडी उनले बारेकोट छोडेर डडेलधुरा गएका थिए । उनले २०७६ सालमा डडेलधुराबाट एसईई उर्तिण गरे । २०७७ सालमा श्री वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयमा ११÷१२ मा अध्ययन गर्न सुरु गरे । घरको आर्थिक अवस्था कम्जोर भएका वीरेन्द्र विद्यालयको शुल्क तिर्नका लागि नै भएपनि मजदुरी गर्न अहिले दोस्रो पटक भारत पुगेका छन् । पढ्ने रहर हुँदा पनि आर्थिक अभावले गर्दा आफुले उच्च शिक्षाको पहुँच पुग्न नसकेको उनको भनाई रहेको छ ।
सोही ठाउँका प्रकाश नेपाली अहिले २० बर्ष भए । श्री विरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालय, लिम्सा बाट २०७४ सालमा एसईई र २०७७ सालमा माद्यामिक तह उर्तिण गरेसंगै श्री वीजय लक्ष्मी प्राविधिक शिक्षालय छिन्चु सुर्खेतबाट कृषि जे.टि.ए. पनि उर्तिण गरेका छन् । पढेर सरकारी जागिरे बन्ने सपना बोकेर उनले माद्यामिक तह संगै प्राविधिक शिक्षाको पनि अध्ययन गरे ।
घरको आर्थिक अवस्था कमजोर भएको उनले साहु सँग ऋण काढेर भए पनि प्राविधिक शिक्षा पढे । उनले कक्षा ११ र १२ को विद्यालयमा शुल्कहरु दिन नसकेको हुँदा माद्यामिक तह उर्तिण गरेको प्रमाण पत्रहरु समेत पाएका छैनन् ।
उनी भन्छन्, ‘विद्यालय पढ्ने उमेरमा कमाउन लाग्ने हो भने सारा भविष्य अन्धकार हुने भयो, कमाउन छोरेर विद्यालय पढौं भने आर्थिक अवस्था कमजोर छ विद्यालयहरुमा पनि छुटको व्यवस्था हुँदैन कतैबाट छात्रावृद्धिको व्यवस्था पनि हुँदैन् ।’
उनीहरु उदाहरण पात्र मात्र हुन् । जाजरकोट जिल्लाका अधिंकाश विद्यार्थीहरुले विच्चैमा विद्यालय छोड्नुको मुख्य कारण भनेकै घरका आर्थिक अवस्थाको कमजोर भएर र संबैधानिक व्यवस्था कार्यान्वयन नहुनु पनि यसको मुख्य कारण हो ।
नेपालको संविधान २०७२ को भाग ३ को धारा ३१ को उपधारा (१), (२) र (३) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभुत शिक्षा अनिवार्य र निःशुल्क र माद्यामिक तहको शिक्षा निःशुल्कको व्यवस्था गरिएको छ । तर जाजरकोटका कुनै पनि विद्यालयका विद्यार्थीहरुले सेवा सुविधा पाउन सकेका छैनन् ।
यस्तै, संविधानकै मौलिक अन्तर्गत धारा ४० को उपदफा २ मा दलित विद्यार्थीलाई प्राथमिक देखि उच्च शिक्षा सम्म कानुन बमोजिम निःशुल्क तथा छात्रवृत्रिको व्यवस्था गरिनेछ भनी लेखिएको छ । तर दुर्गमका विद्यालयहरुले कार्यान्वयनको पक्षलाई गतिलो ढंगले नहेर्दा कयौं विद्यार्थीको भविष्य अन्धकार भईरहेको छ ।
विद्यालयहरुमा प्राप्त शिक्षक दरबन्दी तथा विषयगत शिक्षकहरुको अभावका कारण निनी स्रोतबाट केही जनशक्ति व्यवस्थापन गर्नुपर्ने भएकोले विद्यार्थी बाट शुल्क लिनुपरेको विद्यालयहरुले दावी गरिहेका छन् । विद्यालयको आन्तरिक स्रोतको अपारदर्शी परिचालन जस्ता समस्याहरुको रंगमा विद्यालयहरुले शुल्क उठाउने गरेको बारेकोट गाउँपालिका ०२ का स्थानी प्रवेश रोकायल बताए । उनले भने, ‘विद्यालयका आन्तरिक समस्याको समाधान गरि विद्यार्थीबाट शुल्क उठाउने काम बन्द गर्नुपर्छ यसका लागि व्यक्ति केन्द्रित नभई नीतिगत सुधार गर्नु आवश्यक छ ।’
विद्यालयहरुमा प्राप्त शिक्षक दरबन्दी तथा विषयगत शिक्षकहरुको अभावका कारण निजी स्रोतबाट केही जनशक्ति व्यवस्थापन गर्नुपर्ने भएकोले विद्यार्थी बाट शुल्क लिनुपरेको विद्यालयहरुले दावी गरिहेका छन् । विद्यालयको आन्तरिक स्रोतको अपारदर्शी परिचालन जस्ता समस्याहरुले विद्यार्थी बाट शुल्क उठाउने गरेको अभिभावकहरु बताउँछन् ।
एक कक्षाको पढाई सक्न विद्यार्थीहरुले १५ हजारभन्दा बढी शुल्क विद्यालयलाई बुझाउनु परेको छ । स्थानीय सरकारले विद्यार्थीहरुको समस्याहरुलाई खासै चासो नदिएको अभिभावकहरु बताउँछन् । सरोकारवाला निकायले विद्यार्थीहरुको समस्यालाई प्राथमिकता नदिएको आरोप छ ।
हाम्रो पहुँच संवाददाता । १० फाल्गुन २०८०, बिहीबार