जाजरकोट: गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स अर्थात विश्व कीर्तिमान । संसारका सबै मानिस चाहान्छन् गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउन । कतिपय सफल हुन्छन् भने कतिपयको सपना मात्रै बन्छ । नाम लेखाउनकै लागि हरप्रयास गर्दा पनि सफल नभएका थुप्रै छन् । तर जाजरकोटको भेरी नगरपालिका —११ जगतिपुर (खोदा) का अमृत बस्नेतले चार पटक गिनिज बुक अफ वर्ल्ड रेकर्ड्स नाम लेखाउन सफल भएका छन् । खाली खुट्टा दौडेरै रेकर्ड्स राखेका अमृत जाजरकोटको पहिचान समेत बनेका छन् । भारतको नयाँ दिल्ली हुदै नेपाल सम्म खाली खुट्टा दौडिएर बस्नेतले गिनिज ब्ुक अफ वर्ल्ड रेकर्ड्स नाम लेखाएको बताए । मेची महाकाली हुदै खाली खुट्टा दौडिएर उनले रेकर्ड राखेका हुन् ।
हिरासत देखि वर्ल्ड रेकर्ड सम्मको यात्रा
मानिसको जिन्दगी एउटा नदी हो । जुन समुन्द्रको कोखमा विलिन नहुदा सम्म बगिरहन्छ । यसमा अनेकौं उतारचढावहरु आउने गर्दछन् तर यो बगिरहन्छ । म एउटा गरिब परिवारमा जन्मिएको हुँ । धेरै दःुख कष्टहरु पार गर्दै यहाँसम्म आइपुगेको छु ।
किनभने मेरो गरीव परिवार । त्यसमा झन् दाजुभाई दिदीबहिनी धेरै भएको कारणले मेरो घरको आर्थिक स्थिति त्यति राम्रो थिएन् । कमजोर आर्थिक स्थितिका कारण परिवारमा बुवाआमालाई सबै दाजुभाइ दिदीबहिनीहरुलाई विद्यालयमा पढाउन सक्ने हैसियत थिएन ।
हामी दाजुभाई अरु ( साहु) को घरमा काम गर्न बस्नुप¥र्याे । मैले कहाँ बाट सुरु गरौं । मेरो अतितको सम्झना । यी वितेका पल मेरो जिन्दगीको यात्रा अहिले सम्झिदा कहानी जस्तै लाग्छ । खै कहाँ बाट सुरु गरौं ? तपाईंलाई थाहा छ नेपाल एउटा गरीव देश हो । धेरै गरीव मानिस हुनुहुन्छ । ती गरीवहरु मध्य म परिवारमा जन्मेको हुँ ।
त्यतिवेला मलाई बाँच्न निकै समस्या थियो । २०६४ साल तिरको कुरो हो । त्यतिवेला म कक्षा ३ मा पढ्दै थिए । म गाउँबाट नेपालगञ्ज पुगे । पढाई गर्ने ठूलो सपना देखेर म घरबाट नेपालगञ्ज होमिए । मलाई रहर थिएन तर गरीवकै कारण परिवार बाट टाढा हुनुप¥र्याे ।
मलाई मात्र थाहा छ की गरीव हुनु आफैमा एउटा पाप हो । अरुको घरमा बस्दै विद्यालय भर्ना भएर अध्ययन सुरु गरे । नजिकैको रहेको सरकारी प्राथमिक विद्यालयमा कक्षा ३ मा भर्ना भए । साँझ विहान घरमा काम गथ्र्थे । त्यसरी नै मेरा दैनिकीहरु वित्न थाले । पढाई पनि राम्रै थियो । काम गर्दै पढाईमा मेरो लगाव थियो । जब म कक्षा १० मा पुगे । त्यसपछि मैले गर्दै नगरेको गल्तीको जर्वजस्ती आरोप लगाईयो । मैलै गर्दै गरेको थिईन् । तर के गर्नु ? सुनेको थिए । यहाँ जसको शक्ति, उसको भक्ति भनेर आखिर त्यही भयो मेरो जीवनमा पनि । पुस महिनाको जाडोमा त्यही वडा कार्यालयमा थुनियो । जीवनमा कहिल्यै पनि अनुभव नगरेको कुटाई र अनुभव खाए । थुनेर कुट्न सम्म कुटे । मलाई रात्ती ११ बजे रिहाई गरियो । मलाई त्यही घरकाले लिन आए । म गए ।
त्यही कारणले गर्दा मेरो पढाई तिर पनि ध्यान गएन् । मैले जसोतसो २०७२ सालमा एस.एल.सी उत्तीर्ण गरे । त्यसपछि आफै केही जागिर गर्दै उच्च शिक्षा अध्ययन गर्ने उद्धेश्यले काठमाण्डौं पुगे । ललितपुरको एक सरकारी विद्यालयमा कक्षा एघारमा होटल व्यवस्थापन विषय लिएर अध्ययन गर्न सुरु गरे । विहान क्याम्पस जाने अनि दिउँसो देखि मध्य राती सम्म होटलमा काम गर्ने । यसरी नै मेरो दैनिकी चलिरहेको थियो । त्यही वीचमा मेरो माइलो दाई पनि काठमाण्डौंमा नै बस्नुहुन्थ्यो । एकदिन दाइले मलाई काठमाण्डौ मै हुने काठमाण्डौं ट्रेल रेस सिरिज भन्ने रनिङ प्रतियोगितामा सहभागी गराउनुभयो । म पहिलो पटक १८ किलोमिटर ट्रेल रेसमा सहभागी भए । दुई घण्टामा दौड पूरा गरे । १० औ स्थान हासिल गर्न सफल भए । त्यसपछि त्यही ट्रेल रेस सिरिजको अर्को सस्करणमा पनि म सहभागी भए । मैले त्यहाँ मेरो उमेर समुहमा दृतिय स्थान हासिल गरे ।
राती होटलमा काम गर्ने, बिहान क्याम्पस जाने अनि शनिवार ट्रेल रनिङ्गहरुमा सहभागी हुँदै गए । अनि केही जिते, केही हारे । खेलहरुमा सहभागी हुँदै गर्दा मैले उमेर समुहमा दित्तिय स्थान हासिल गरे । त्यसपछि नेपालमा पनि धेरै अल्ट्रा रनिङ्गहरु पनि खेले । मेरो जित्ने क्रम जारी रह्यो । अहिले म जहाँ छु । त्यसमा पनि मेरो मात्रै नभएर धेरै जनाको साथ र सहयोग छ । यहाँहरुको साथ नभएको भए म आज यो स्थान सम्म आइपुग्ने थिईन् ।
किनभने म एउटा गरीव परिवार बाट भएर होला । साथीभाई र चिनजान गरेका दाईहरुको सहयोग पनि उत्तिकै महत्वपूर्ण छ । मैले सोचेको पनि थिएन कि म साइक्लिङ्ग र रनिङ्गको खेलमा सहभागी हुन सक्छु भनेर तर यो कुरा साँचो भएको छ । साइक्लिङ्ग र रनिङ्गको खेलहरु खेल्नका लागि देश तथा बिदेशमा जाने अबसर पाएको छु । यसको लागि भगवानलाई पनि धन्यवाद । आज म सबैको साथ र सहयोगले गर्दा म मैले सन् २०२१ मा भारतमा भएको वर्ल्ड च्याम्पियनसीपमा सहभागी भएर त्यसमा मैले मेरो उमेर समुहमा प्रथम भए । वर्लड् च्याम्पियन्शिपको सिरिज खेलहरुको लागि छनोट भए । तर मेरो दुर्भाग्य मेरो पहुँच र पावर नभएको कारणले मैले त्यो वर्लड च्याम्पियनसीशिपमा जान पाईन् ।
‘होटेलमा काम गरे, संघर्षलाई छोडिन्’
म अल्ट्रा रनिङमा डबल गिनिज वल्र्ड रेकर्ड होल्डर हुँ । पश्चिम नेपालको दुर्गम गाउँको आर्थिक रूपमा संघर्षरत परिवारमा हुर्किए । मैले दौडप्रति मेरो गहिरो प्रेम पत्ता लगाए । व्यावसायिक यथ्लेटिक्स बन्ने मेरो सपनालाई पछ्याउनको लागि यात्रा सुरु गरे । शैक्षिक रूपमा, मैले मेरो एसएलसी र माद्यामिक तह नेपाल शिक्षा बोर्डबाट क्रमश २०१६ र २०१९ मा पूरा गरे । अहिले म भारतको देहरादून विश्वविद्यालयमा खेलकुद विज्ञानमा मेरो स्नातक डिग्रीको चौथो सेमेस्टरमा र इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट बैंगलोर, भारतबाट होटल म्यानेजमेन्टको अन्तिम वर्षमा भएकोले दोहोरो ब्याचलर डिग्री अध्ययन गरिरहेको छु ।
मेरो शैक्षिक र व्यावसायिक करिअरको क्रममा, मैले मेरो लक्ष्यको नजिक ल्याएको ठूलो अनुभव प्राप्त गरेको छु । मेरो कामको अनुभवको सन्दर्भमा मैले हिमालयन आउटडोर फेस्टिभलमा रेस निर्देशकको रूपमा काम गरे । यस बाहेक, मैले ीयनष्कतष्अ एभचष्धष्लपभि त्चबमभ बलम क्भचखष्अभ एखत. मा लजिस्टिक अफिसरको रूपमा बहुमूल्य अनुभव प्राप्त गरें । लिमिटेड, साथै नांगलो हस्पिटालिटी ग्रुपमा सन् २०१९ देखि मैले नेपालमा ट्रेकिङ गाइडको रूपमा पनि काम गरे । मैले होटल कल्पत नेपालगन्जमा स्टोरकिपर, हिमालय एक्सपिडिसनमा फिल्ड रिसर्च अफिसर, इभेन्ट नेपाल प्रालिमा कन्ट्र्याक्ट इभेन्ट प्लानर जस्ता पदहरू पनि सम्हालें । लिमिटेड, लक्ष्मी साइकल सेन्टर र सस्तो डिलमा बिक्री प्रतिनिधिको रुपमा काम गरे ।
मेरो यात्रामा, मैले विभिन्न खेलकुद र प्रतियोगिताहरूमा सक्रिय रूपमा भाग लिएको छु । उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छु । यी उपलब्धिहरूमा पहिलो स्थान जित्नु समावेश छ । हिमालयन रश ट्रायथलनमा नेपालले १० किलोमिटर दौड ४० मिनेटमा, काठमाडौं ट्रेल रेस सिरिज २०१८ मा १८ किमीको दौड ५५ मिनेटमा पूरा गरी राज्य एमटीबी च्याम्पियनसिप २०१६ मा ४५ किमीको दौड ५५ मिनेटमा पूरा गरी १०० किलोमिटर दौड पूरा गरेको हो । २०१७, २०१८ र २०१९ मा नैनिताल मनसुन ः टिवी च्याम्पियनसिपमा छ घण्टामा दौड ।
साथै, मैले भारतमा २४ घण्टा स्टेडियममा १८९ किलोमिटर, टफम्यान र २०१८ मा अन्य १२ सय किमी अखिल भारतीय २४–घण्टा ः टिवी च्याम्पियनसिपमा दौड गरे । उल्लेखनीय उपलब्धिहरूमा एक सय किमी ः टिवी उत्तराखण्ड भारत २०१९, १ सय ९० किलोमिटर, आइ.ए. एफ.२४ घण्टा दौड २०१८, ४ सय किलोमिटर किमी, विआर बरेली देखि दिल्ली २०२० र ६० किmलोमिटरसिन्धुपाल्चोक अन्तर्राष्ट्रिय ट्रेल दौड छ घण्टामा समाप्त भयो । अन्नपूर्ण एक सयको १ सय तीन किलोमिटर दौड १९,२५,३९ घण्टामा, १० औं स्थानका लागि पर्याप्त । मैले एम.टिवी मेघालय ९० किलोमिटर र आइ.सी.एफ. अल इन्डिया १२ घण्टा रोड बाइक दौड २०१९ मा प्रतिस्पर्धा गरे । एक हजार किलोमिटर १४ घण्टामा पूरा गरे । तेस्रो स्थानमा पाए ।
आर्थिक सहयोगको खाँचो
विभिन्न दौडमा सहभागि हुन खर्च गरेको पैसा जुट्याउन निकै समस्या भएको बस्नेतले बताए । ‘अहिले खर्च जुट्याउन निकै मुस्किल गरेको छ, उनले भने, ‘मैले विश्व सामु जिल्लालाई चिनाउन निकै प्रयास गरे, जति सके त्यति गरे ।’ अहिले आर्थिक अवस्था निकै कमजोर भएको बताए । अझै जिल्लालाई चिनाउने प्रयास जारी नै छ, उनले थपे, ‘म अघि बढिरहेको छु, तपाईहरुको आर्थिक सहयोग खाँचो छ ।’
(बस्नेत सँग कुराकानीमा आधारित)
हाम्रो पहुँच संवाददाता । ८ फाल्गुन २०८०, मंगलवार