अखिल (क्रान्तिकारी) डोल्पाको अध्यक्षमा विज्ञान सी निर्वाचित


जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी (विप्लव) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) डोल्पाको अध्यक्षमा विज्ञान सी निर्वाचित भएका छन् । सदरमुकाम दुनैमा सम्पन्न आठौं जिल्ला सम्मेलन बाट अध्यक्षमा सी निर्वाचित भएका हुन् । जसको उपाध्यक्षमा विकास सी, सचिवमा जलस सी, कोषाध्यक्षमा प्रगति सी, सह–सचिव शान्ती सी, सदस्यमा जया सी लगायतका सदस्यहरु निर्वाचित भएका हुन् ।

नेपालको शैक्षिक प्रणालीमा देखिएका समस्यालाई समाधान गर्दै वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको यात्रामा अविचलित निरन्तर संघर्ष गरिरहेको छ । डोल्पामा हुने शैक्षिक माफिया, दलाल, भ्रष्टाचार लाई अन्त्य गर्दै सरल, सहज र व्यबहारिक शिक्षाका लागी संघर्ष गर्न ८ औँ जिल्ला सम्मेलनले जुझारु टिम निर्माण गरेको छ । विज्ञान सी को नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी निर्माण भएको हो ।

को भातृ संगठन अखिल (क्रान्तिकारी) डोल्पाको ८औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार डोल्पा को सदरमुकाम दुनैमा।सम्पन्न जिल्ला सम्मेलन बाट बिज्ञान सी को नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी निर्माण भएको हो । सम्मेलनको सभाध्यक्ष विकास सी, प्रमुख अथिती नेपाल कम्युनिस्ट पार्टी का केन्द्रिय सदस्य तथा दक्षिण कर्णाली ब्युरो ईन्चार्ज संगम सी, विशेष अथिती नेपाल कम्युनिस्ट पार्टी का केन्द्रिय प्रतिनिधी सदस्य तथा जाजरकोट जिल्ला ईन्चार्ज विराजन सी,

अथिती अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा दक्षिण कर्णाली ब्युरो ईन्चार्ज हरी सी, अथिती पार्टी का डोल्पा जिल्ला सेक्रेटरी गौचन सी, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा डोल्पा जाजरकोट जिल्ला ईन्चार्ज दिपेन्द्र सी, युवा संगठन नेपाल डोल्पा जिल्ला संयोजक अभि सी, पार्टी का डोल्पा जिल्ला सचिवालय सदस्य चक्र सी, तोदेन सी लगायतका कमरेडहरुको आथित्यतामा ८ औँ जिल्ला सम्पन्न भएको हो । कार्यक्रमको संचालन भने नवनिर्वाचित अध्यक्ष बिज्ञान सीले गरेका थिए ।

+
डोल्पाको विद्यार्थी आन्दोलनलाई थप उचाईमा पुर्याउनको लागी जस्तोसुकै कठिन परिस्थितिको सामाना गर्दै अबिचलित रुपमा निरन्तर संघर्ष गरिरहने प्रतिबद्धता सहित कार्यक्रमलाई समापन बिज्ञान सी ले गरे ।

तपाईको प्रतिक्रिया