जाजरकोट: जिल्लाको बारेकोट गाउँपालिकामा अहिले सम्मकै लामो झुलुङ्गे पुल बनेको छ । वडा नं ३ को पछेउरी र स्याला मुल्सामलाई जोड्ने नौफेरी खोलामा निर्मित पुल अहिले सम्मकै लामो भएको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । जुन पुल १६५ मिटर लामो छ ।
अध्यक्ष गिरीले उक्त पुलको सोमबार उद्धघाटन गरेका छन् । पुल बनेपछि दुई गाउँमा स्थानीय हर्षित बनेका छन् । अवत आवतजावतमा निकै सहज भएको स्थानीय दिपक बोहराले बताए । गाउँपालिका अध्यक्ष गिरीको झुलुङ्गे पुल निर्माण चुनावी नारा समेत हो ।
हाम्रो पहुँच संवाददाता । २२ माघ २०८०, सोमबार