जाजरकोटको खारा र मनघाटमा तत्काल बेलिब्रिज बन्ने, तीन महिनामा पुल बनाउन मन्त्री सिंहको निर्देशन

No description available.

जाजरकोट । जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज बन्ने भएका छन् । नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ जोड्ने खारा खोला र छेडागाड नगरपालिका–१२ र ५ जोड्ने मनघाट, छेडाखोलामा बेलिब्रिज बन्ने भएका हुन् । मनघाट छेडागाड नगरपालिकाको केन्द्र पनि हो । यी दुई पुलको सामान कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले सोमबार बुझ्नु भएको छ । अब ती सामान सम्बन्धित क्षेत्रमा पु¥याएर जडान गरिनेछ । ढिलोमा अबको ३ महिनाभित्र पुल जडान गरिसक्न मन्त्री सिंहले सम्बन्धित कार्यालयलाई निर्देशन दिनुभएको छ ।

संघीय सरकारले उपलब्ध गराएको यी दुई थान पुलको सामान सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इन्जिनियर निरज शाक्यले मन्त्री सिंहलाई हस्तान्तरण गर्नुभयो। यी पुल जडान र ढुवानीको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्नेछ। यी दुई स्थानमा पक्की पुल बनेपछि बेलिब्रिज सडक डिभिजनलाई नै फिर्ता गरिनेछ । यी दुई स्थानमा पुल नहुँदा परेको समस्याबारे मन्त्री सिंहले पटक पटक संघीय सरकारलाई ध्यानाकर्षण गराउनु भएको थियो। ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री शक्ति बहादुर बस्नेत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई पटक पटक भेटेर ध्यानाकर्षण गराउनु भएको थियो ।

गएको असार अघि नै मनघाट र खारामा पुल जडानका लागि पहल गरेका थियौं । पटक पटक भेटघाट र छलफल गरेका थियौं, मन्त्री सिंहले भन्नुभयो, ञमाननीय ऊर्जा, जलस्रोत तथा सिचाईमन्त्री शक्ति बस्नेतको विशेष पहल र माननीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको सहयोगले आज पुल प्राप्त भएको छ । अब सम्बन्धित क्षेत्रमा पु¥याएर ढिलोमा तीन महिनाभित्र जडान गरिसक्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ । खारा खोलामा पक्की पुल निर्माणका लागि केही वर्ष पहिले नै ठेक्का लागिसकेको भएपनि ञविवादझका कारण बन्न सकेको छैन। उक्त पुलको विषय अहिले सर्वोच्च अदालत पुगेको छ ।

No description available.

तपाईको प्रतिक्रिया