भेरीको मेयर कपको उपाधी शिव शंकर मावि जगतिपुरलाई

No description available.
जाजरकोट । भेरी नगरपालिकाले सञ्चालन गरेको अन्तर माद्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड एवं पाँचौं मेयर कपको उपाधी शिवशंकर माद्यामिक विद्यालय जगतिपुरले उचालेको छ ।

भेरी त्रिवेणी माद्यामिक विद्यालय रिम्नामा माघ १७ गते देखि सुरु भएको राष्ट्रपति रनिङ्ग शिल्ड एवं पाँचौं मेयर कपमा भेरी त्रिवेणी माद्यामिक विद्यालय रिम्नालाई पछि पार्दै उपाधी हात पारेको हो ।

जसअन्र्तगत  १६ स्वर्ण, ४ रजत, ४ कास्य गरी जम्मा २४ पदक प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो । भेरी त्रिवेणी माद्यामिक विद्यालय रिम्नाले ४ स्वर्ण, ७ रजत, ५ कास्य गरी १६ पदक प्राप्त गरी दृतिय स्थान प्राप्त गरेको छ भने, त्रिभुवन माद्यामिक विद्यालय खलंगाले ४ स्वर्ण , ४ रजत , ४ कास्य गरी जम्मा १२ पदक प्राप्त गरी तृतिय स्थान हासिल गरेको भेरी नगरपालिका शिक्षा, यूवा तथा खेलकुद शाखा प्रमुख अमृत पुनले जानकारी दिए ।

 

No description available.

तपाईको प्रतिक्रिया