हिमपातपछि कृषकमा खुशीयाली

No description available.
जाजरकोट । बारेकोट गाउँपालिका— ०२ रोकायगाउँकी तोल्मा नेपालीलाई खेतमा लगाएको गुहँ सुक्न थालेको देखेर साह्रै चिन्ता लाग्ने गथ्र्याे । उनले खेतमा गहुँ, जौं लगाउँदै आएकी छन् । करिव ३ रोपनी क्षेत्रफल जमिनमा बर्षाैैदेखि खेती गर्दै आएकी तोल्मा यसबर्ष समयमै बर्षा र हिमपात नपरेपछि उत्पादन घट्ने र के खाने भन्ने समस्या थपिएको बताउँछिन् ।

तर बुधबार देखि पर्न थालेको हिमपात र बर्षाले तोल्मा साह्रै खुशी छन् । ‘हिउँपरेपछि अव गुहँबाली सप्रन्छ, हामी निकै खुशी छौं’ उनले भनिन्, ‘वाली खेतमै सुक्छकी भनेर हामी चिन्तित थियौं तर हिउँ प¥र्याे अहिले खुशी थपिएको छ ।’ करिव ८ रोपनी भन्दा बढी क्षेत्रफलमा गुहँखेती गर्र्र्दै आएका रोकायगाउँका किसान वलबहादुर शाही पनि निकै खुशी देखिन्छन् । उनको खेतवारीमा पनि सिंचाई पुगेको छैन् । आकाशे पानीको भरमा गहुँ, जौं खेती गर्दै आएका शाही आकाश बाट पानी परेपछि निकै हर्षित छन् ।

‘हामी निकै चिन्तामा थियौं, पानी आउँदैनकी भनेर, उनले भने, ‘अहिले हिउँ नै प¥र्याे हामी साह्रै खुशी छौं ।’ उनीहरु मात्र होइन् जिल्लाका अधिकांश किसानमा बर्षा र हिमपातले खुशीयाली छाएको छ । सिंचाई अभाव रहेका ठाउँका किसान हिमपातले निकै खुशी भएको कुशे गाउँपालिका ‒०८ का स्थानीय रमेश पौडेलले बताए । यहाँका किसानहरु आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । हिउँपरेपछि जौं, गहुँ वाली साह्रै राम्रो हुने विश्वास पौडेलले व्यक्त गरे । कुशे, बारेकोट, जुनीचाँदे नलगाड नगरपालिकाको माथिल्ला भेगमा हिमपात परेको छ भने तल्ला भेगहरुमा भारी बर्षा भईरहेको छ ।

किसानको सुक्न थालेको वाली अव राम्रो हुने कृषि विकास कार्यालय जाजरकोटका सूचना अधिकारी टोपेन्द्र विश्वकर्माले बताए । ‘अझ समयमा बर्षा हुनुपथ्र्याे भएन्, अहिले बर्षा भएर किसानमा निकै राहत पुगेको छ’ उनले भने, ‘यसले पनि केही क्षेत्रमा उत्पादन वृद्धि हुनेछ ।’ जाजरकोटका अधिकांश ठाउँमा सिंचाई पुगेको छैन् । किसानले लगाएको हिउँदे वाली सुक्न थालेको थियो बर्षा सँगै हिमपात परेपछि किसान खुशी भएको भेरी नगरपालिका ०२ तिमिलेका पुष्प वलीले बताए ।

No description available.

हिमपातले भूकम्प पीडितको जनजीवन कष्टकर
बर्षा सँगै पर्न थालेको हिमपातले भूकम्प पीडितको जनजीवन कष्टकर बन्दै गएको छ । अहिले पनि अधिकांश भूकम्प पीडित त्रिपाल मुनी बस्न बाध्य छन् । जाजरकोटमा ४२ हजार ५२४ घरधुरीका नागरिकहरु प्रभावित छन् । तिमध्ये १६ हजार २८४ जनाले अस्थायी आवास बनाएका छन् । २६ हजार २४० जनाको अस्थायी आवास प्रक्रियामा छन् । अस्थायी आवास नबनेका भूकम्प पीडितहरु जाडोले थुरथुर काप्न थालेको बारेकोट ०१ सिर्पाचौरका हरिबहादुर थापाले बताए । ‘अहिले भूकम्प पीडित निकै पीडामा छन्, त्रिपालमुनीको वासलाई थेक्न ग्राहो छ, उनले भने, जाडोले निकै सताउने गरेको छ ।’

तपाईको प्रतिक्रिया