समयमा काम नसक्ने र गुणस्तरहीन काम गर्ने २२ वटा कम्पनी कालो सूचीमा

समयमा काम नसक्ने र गुणस्तरहीन काम गर्ने २२ वटा कम्पनी कालो सूचीमा
काठमाडौँ । समयमा काम नसक्ने र गुणस्तरहीन काम गर्ने २२ वटा कम्पनी कालो सूचीमा परेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ती कम्पनीलाई कालो सूचीमा राखेको हो ।

कार्यालय अन्तरगतको सार्जवनिक खरिद कार्यालयले सूचना प्रकाशित गर्दै सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९ सय १० बमोजिम सूचना प्रकाशित भएको मितिदेखि लागू हुने गरी ती कम्पनीहरूलाई कालो सूचीमा राखिएको जनाएको हो ।

सूचीमा समावेशमध्ये चार कम्पनीलाई तीन वर्ष, एक दुई वर्ष, चार दुई वर्ष र पाँच वटा डेढ वर्षका लाग कालोसूचीमा रहने भनिएको छ ।

८ वटा कम्पनी १ वर्षका लागि कालो सूचीमा परेका छन् ।

तपाईको प्रतिक्रिया