जाजरकोट । जिल्लाको कुशे गाउँपालिका -०७ धननासीमा चिसोका कारण एक भूकम्प पीडितको ज्यान गएको छ ।
गत कार्तिक १७ गते बारेकोटको रामीडाडा केन्द्रविन्दु बनाएर गएको भुकम्पले घर भत्काएपछि त्रिपालमुनी बस्दै आएका ४६ बर्षिया पृथ्वीबहादुर सिंहको ज्यान गएको हो ।
चिसोका कारण अत्याधिक निमोनिया बढेपछि घरंगा अस्पतालले जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा रिफर गरेको थियो । अस्पताल पुग्नै लाग्दा बाटोमै ज्यान गएको स्थानीय मिलन सिंहले जानकारी दिए ।
यो संगै जाजरकोटमा चिसोका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।
हाम्रो पहुँच संवाददाता । ५ माघ २०८०, शुक्रबार