जाजरकोट प्रशासनले राहदानीको अनलाइन आवेदन निःशुल्क भरिदिने

No description available.

जाजरकोट । जिल्ला प्रशासन कार्यालय जाजरकोटले राहदानी (पासपोर्ट) को अनलाइन आवेदन फाराम निःशुल्क भरिदिने भएको छ । एक सूचना जारी गर्दै प्रशासनले निःशुल्क अनलाइन आवेदन भर्ने व्यवस्था गरेको जनाएको छ ।

माघ १ गते देखि निःशुल्क अनलाइन आवेदन फाराम भर्ने व्यवस्था सञ्चालन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले बताए ।

यसभन्दा अघि आउने सेवाग्राहीले चर्काे शुल्क तिरेर पासपोर्टको अनलाइन फाराम भर्ने गरेका थिए ।  सेवाग्राहीको मर्कालाई बुझेर कार्यालयले निःशुल्क भर्ने व्यवस्था गरेको प्रशासकीय अधिकृत शर्माले बताए ।

May be an image of blueprint and text that says 'नेपाल सरकार गृह मन्त्रालय ०5९-४३०१३३ प्रशासन कार्यालय फोन ०5९-४३०१३० Email: jajarkotdao62@gmail.com 2@gmail.co जाजरकोट webste:www.daojajarkot.moha.gv.n प.सं. २०६०/५१ च.नं. जाजर मिति:- २०६०/१०/०२ सूचना! सूचना!! सूचना!!! विषय:राहदानी (ort) को अनलाईन आवेदन फाराम नि:शुल्क भर्ने सम्बन्धमा। यस जिल्ला प्रशासन कार्यालय जाजरकोटमा विगतमा राहदानी आवेदनका लागि आउने सेवाग्राहीहरुले बाहिरबाट नै शुल्क तिरेर अनलाईन फाराम भरि आउने गरेकोमा मिति २०५०/१०/०१ गते देखि यस कार्यालयबाट नै राहदानी आवेदनको अनलाईन फाराम नि:शुल्क भर्ने व्यवस्था मिलाईएको हुँदा सोही अनुसार सेवा लिनका लागि सम्बन्धित सवैको जानकारींका लागि यो सूचना प्रकाशित गरिएको छ| हरिश्वन्द्र शर्मा प्रशासकीय अधिकृत'

तपाईको प्रतिक्रिया