मालपोत र प्रशासनका कामहरु स्थानीय तह बाट सुरु गर्न माग गर्दै नेकपाले पठायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

May be an image of 3 people and people studying
खलंगा । मालपोत र प्रशासनका कामहरु स्थानीय तह बाट सुरु गर्न माग गर्दै नेकपा जाजरकोटले प्रधानमन्त्री पुष्पकमल दाहाल लाई ज्ञापन पत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटका निमित्त प्रजिअ हरिशचन्द्र शर्मा मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो ।

जाजरकोट पार्टीका सेक्रेटरी धनजीत सी र इन्चार्ज विराजन सीको संयूक्त टोलीले ज्ञापन पत्र पठाएको नेकपा जाजरकोटले जनाएको छ । अहिले पनि नागरिक तथा जग्गा पास गर्न एक हप्ता जतिको समय लागेको र संघीयताको सही कार्यान्वयन नभएको भन्दै ज्ञापन पत्र पठाईएको सेक्रेटरी धनजीत सी ले बताए ।
ज्ञापन पत्रमा भनिएको छ ।

सम्माननीय प्रधानमन्त्री ज्यू
प्रधानमन्त्रीको कार्यलय सिंहदरबार काठमाण्डौ, नेपाल
मार्फत
श्री जिल्ला प्रमुख अधिकारी ज्यू
जिल्ला प्रशासन कार्यालय.
विषयः ज्ञापन पत्र
१० वर्षको जनयुद्ध र जन–आन्दोलनले नेपालको राज्य संरचनामा परिवर्तन ल्याइ संघीय राज्य प्रणाली स्थापना गरिएको छ । यसले एक हदसम्म जनताको आकांक्षा र मागलाई सम्बोधन गर्न खोजेको अनुभूत गर्न सकिन्छ । तर अझै पनि वास्तविक संघीयताको निर्माण र अभ्यास गरिएको छैन ।

जस्ले गर्दा दुर्गम हिमाली तथा पहाडी क्षेत्रका जनताले सहज पालिका स्तरबाट पाउनुपर्ने सामान्य कामका सुविधाहरु नागरिकता, परिचय पत्र र जग्गा किनबेच का लागि पनि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ । जुन समय र खर्चका हिसाबले जनताका लागि निकै कष्टकर र समस्यामूलक बनिरहेको छ । यस बारे प्रधानमन्त्री ज्यूको विशेषरुपले ध्यानाकर्षण गराउन चाहान्छौ ।

अतः हाम्रो पार्टीले नेपाल सरकारसँग जोडदार माग गर्दछ की जनतालाई नागरिकता जग्गा किनबेच परिचय पत्र जस्ता कामहरु आगामी वर्ष देखि पालिका स्तरबाट उपलब्ध गराइयोस भन्ने माग सहित यो ज्ञापन पत्र जिल्ला प्रशासन मार्फत नेपाल सरकारका सम्मानीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष पेस गर्दछौ । धन्यवाद ।

तपाईको प्रतिक्रिया