जाजरकोटमा ३५ हजार १४० लाभग्राही, २० हजार ५९७ सँग सम्झौता, १० हजार ८९० ले पाए पहिलो किस्ता

May be an image of campsite
जाजरकोट । गत कात्तिक १७ गते राति बारेकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको यस जिल्लामा करिब १० हजार लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । जिल्लाका ६ वटा स्थानीय तहमा गरेर हालसम्म १० हजार आठ सय ९० लाभग्राहीले पहिलो किस्ता वापतको रु २५ हजारका दरले रकम प्राप्त गरेका हुन् ।

भेरी नगरपालिकामा ४ हजार ४ सय ७८ जनाले पहिलो किस्ता वापतको रकम पाएका छन् । नलगाड नगरपालिकामा २३४ जनाले पहिलो किस्ता पाएका छन् भने छेडागाड नगरपालिकामा ३७० जनाले पहिलो किस्ता वापतको रकम पाएको सहायक प्रमुख जिल्ला अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए । शर्माका अनुसार बारेकोट गाउँपालिकामा १०६५, कुशे गाउँपालिकामा १८७२ र शिवालय गाउँपालिकामा २८७१ जनाले पहिलो किस्ता वापतको रकम पाएका छन् । यता, जुनीचाँदे गाउँपालिकाले भने २५६३ लाभग्राही कायम गरेपनि अझै एकीन कायम गर्न नसक्दा पहिलो किस्ताको रकम समेत पाउन सकेको छैन् । जिल्लाभर ३५ हजार १४० लाभग्राही कायम रहेको जिल्लामा अहिले सम्म २० हजार ५९७ जनाले सम्झौता गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापन कोषबाट भने रु ८४ करोड ९५ लाख ७५ हजार स्थानीय विपद् जोखिम न्यूनीकरण कोषमा पठाइएको छ । जिल्ला विपद् व्यस्थापन कोषबाट पठाइएको पहिलो किस्ता बापतको रकम रु. २७ करोड २२ लाख ५० हजार रकम मात्र स्थानीय तहले वितरण गरेको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । हाल सम्म भेरीमा १५०, नलगाडमा ४ हजार २६०, छेडागाडमा ३७२, बारेकोटमा १६६१, कुशेमा १०८, शिवालयमा ७७ वटा अस्थायी आवास निर्माण भएका छन् ।

हेर्नुहाेस् विस्तृत विवरण

May be an image of blueprint and text

तपाईको प्रतिक्रिया