दलित महिला केन्द्रले वितरण ग¥र्याे ३५० परिवारलाई राहत

जाजरकोट । दलित महिला केन्द्र नेपालले ३५० दलित तथा विपन्न घर परिवारलाई राहत वितरण गरेको छ । जाजरकोटको नलगाड नगरपालिका , कुशे गाउँपालिका र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाको समन्वयमा मंगलबार केन्द्रकी महासचिव गौरी नेपालीको टिमले नलगाड नगरपालिका वडा ६ का १०९, कुशे गाउपालिका ७ का ९० र रुकुम पश्चिम आठबिसकोट नगरपालिका ११ मा १५१ घरपरिबारलाई उक्त राहत वितरण गरेको हो । उक्त राहतको पहल तथा समन्वय राष्ट्रिय दलित नेटवर्क जाजरकोटका अध्यक्ष गोपाल नेपालीले गरेका थिए ।

उक्त राहत प्रत्येक घरपरिबारलाई १ बोरा चामल, २ किलो दाल, २ किलो पौष्ट्रिक गेडागुडी, २ पोका नुन, २ पोका तेल, १ वटा फाइबर कम्बल, १ वटा डस्ना, १ वटा तन्ना,१ सेट औषधी तथा सेनिटरी प्याड, १÷१ वटा जेन्स, लेडिज तथा बालबालिकाको लागि १६०० ज्याकेटको प्याकेज रहेको बताएको छ ।

तत्काल जाडो बढेको अवस्थामा अस्थायी आवासको र खाद्यान्नको अभाव गाउँमा रहेको स्थानीय आठबिसकोट – ११ फारुल्लाका मदन सेर्पालिले बताएपछि केन्द्र कि महासचिव गौरी नेपालीले तत्काल सबै दुर्गम र बिपन्न परिवारका लागि अरु थप राहतका सामाग्रीहरु पनि उपलब्ध गराउने बताईन् ।
गत कार्तिक १७ गते राति गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिमका पुरै घरहरु भत्किएपछि त्यहाँका बासिन्दाहरु पाल मुनि बस्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया