जाडोले मुगुका १ सय २० परिवारले गाउँ छोडे


मुगु । जिल्लास्थित मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो भेगमा हिमपातसँगै अत्याधिक जाडो बढेपछि करिव १ सय २० परिवारले गाउँ छोडेका छन् । उक्त गाउँपालिकाको वडा नम्बर २ मुगु गाउँमा जाडोले बस्न नसक्ने अवस्था आएपछि घर छोडेर सम्पूर्ण स्थानीय बाहिरिएको पालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताए ।

अध्यक्ष लामाकाअनुसार कार्मारोङ क्षेत्रमा मंसिरमै दुई पटक हिमपात हुँदा अत्याधिक जाडोले धारा तथा खोलाको पानी जम्न थालेको र हावासँगै चिसो सिरेटोले घरबाट निस्कन नसकिने अवस्था आएपछि बाध्य भएर गाउालेले घर छोडेर बाहिरनुपरेको हो ।

गाउाको हेरचाहा र मालमसानको सुरक्षा गर्ने दुई तीन जनालाई छोडेर चौपाय वस्तुसहित कोही सिरानचौर, कोही, चितै तिहार बगर कोही गमगढी त कोही जुम्ला र काठमाडौंतर्फ लागेको अध्यक्षको भनाइ छ ।

जाडोले गर्दा १ सय २० परिवारले गाउा छोडेर बाहिरिए पछि विद्यालय, स्वास्थ्य केन्द्र तथा वडा कायालयको सेवा पनि ठप्प भएको छ । जाडाले गर्दा मंसिरमा गाउा छोडेका स्थानीयले गर्मी मौसम सुरुवातसँगै चैतवैशाखमा घर फर्किने गरेका छन् । मंसिरदेखि चैतवैशाख महिनासम्म मुगु गाउा मानवविहिन हुने गरेको छ ।

मुगुम कार्मारोङ गाउापालिकाले पुस पहिलो साता गाउा कार्यपालिकाको बैठक बसालेर एक महिना जाडो बिदा गर्ने तयारी गरेको छ । उक्त मुगु गाउामा रहेको सीमा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान पनि जाडो कटाउन मंसिर १५ गते जिल्ला सदरमुकामतिर फर्केका छन् ।

समुद्री सतहदेखि करिव ३३ सय मिटर उचाइमा रहेको मुगु गाउाका स्थानीय जाडो मौसममा ६ महिना बेसी र गर्मी मौसममा ६ महिना गाउामै बस्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया