जाजरकोट । भुकम्पवाट प्रभावित भएको आफनो मावलीगाउँ जाजरकोट खलंगाका जनताको सहयोगका लागि अमेरीकामा रहेका एक युवाले नगद रकम सहितअन्य सहयोग जुटाइदिएका छन् । पस्चिम रुकुमको त्रिवेणी गाउँपालिका वडा नम्वर ९ नुवाकोटमा घर भइ अमेरीकामा वस्दै आएका निखिल वावु चन्दले आफना साथीहरुसंग सहकार्य गरि जाजरकोटको भुकम्प प्रभावित भेरी नगरपालिका वडा नम्वर ३को थाप्ले स्यालाका ९३ जना, सोहि नगरपालिका वडा नम्वर १ को रिम्नाका४६ जनालाइ गरि जम्मा १३९ जनालाइ नगद रु ५ लाख ३० हजार नगद सहयोग गरेका छन् ।
उक्त सहयोगलाइ भुकम्पवाट मृत्यु भएका ,घाइते भएका र घर भत्किएका तथा अति विपन्न अवस्थाका व्यक्तिहरुलाइ विभिन्न मात्रामा वितरण गरिएको छ । निखिल र उनकाअन्य १४ जना साथीहरुले जम्मा गरेको उक्त रकम भुकम्पवाट अति प्रभावित व्यक्तिहरुलाइ प्राथकिताका आधारमा वितरण गरिएको वताइएको छ ।
यसै गरि निखिलकै पहलमा जम्मा भएको रकमवाट उनीवहिनीले पढेको र आमा शारदा शाहले पढाएको भेरी नगरपालिका वडा नम्वर १ रिम्नाको भेरी त्रिवेणी माविलाई ५० हजार र जाजरकोट जिल्लाका सम्पदाहरुको संरक्षणको क्षेत्रमाकामा गरिरहेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानलाई ५० हजार १ सय ५५ रुपैया पनि उनकी आमा शारदा शाहले हस्तान्तरण गरेकी छिन् । जाजरकोटी कला सस्ँकृतिको जगेर्नाका लागि प्रतिष्ठानको अभियानमा साथ दिन निखिलकी आमा शारदाले उक्त रकम प्रतिष्ठानका अध्यक्ष जनक केसीलाई हस्तान्तरण गरेकी छिन् ।
यस्तै निखिलकै पहलमा जम्मा भएको रकमवाट वारेकोटका २ सय जनालाइ ज्याकेट पनि वितरण गरिएको उक्त सहयोग वितरणमा सक्रिय निखिलका मामा प्रमोद जंग शाहले वताए ।
उनले निकै दुःख गरेरे अमेरीकामा निखिल लगाएतका युवाहरुले जम्मा गरेको पैसा वास्तविक पीडितहरुसम्म पुरयाउने काम गरिएको वताए । आफनो मावलीगाउँको दुखमा साथदिन यो सहयोग जुटाउने निखिलको वाल्यकाल भुकम्प प्रभावित थाप्ले स्थित मावलीगाउँमै वितेको र उनले ८ कक्षा सम्मको पढाइ पनि शान्ति ज्ञानकुन्ज आवासीय विद्यालय जुजुवारामै गरेको उनकी आमा शारदा शाहले वताइन् । उनले सानैमा हुर्केको र पढेको मावलीगाउँका लागि फेरि पनि कोही कामगर्ने इच्छा निखिलले राखेको उनले वताइन् ।
आफनो मावली भुमि आफुले प्रारम्भिक शिक्षा लिएको भुमिका लागि दुःखमा साथ दिन निखिलले गरेको सहयोगको पहल र योगदान निकै प्रसंसनीय रहेको जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानका अध्यक्षजनक केसीले वताए । उनले सात समुद्र पारि रहेर पनि वाल्यकाल विताएको मावलीगाउँ प्रतिको निखिलको माया उदाहरणीय रहेको वताए । निखिलको पहलमा उनका मावलीगाउँका प्रभावितहरुले नगद रकम सहयोग पाएर थोरै मात्रामा भएपनि राहतको महसुस गरेको भेरी नगरपालिका वडा नम्वर ३ थाप्लेका रामवहादुर वुढाले वताए ।
हाम्रो पहुँच संवाददाता । २९ मंसिर २०८०, शुक्रबार