जाजरकोट । उपकारी नेपाली समूह साउदी अरेबियाले भूकम्प प्रभावित परिवारलाई राहत वितरण गरेको छ । मंगलबार जाजरकोट जिल्लाको कुशे गाउँपालिका ५ दम्दालामा उक्त समूहले न्यानो लुगा वितरण गरेको हो । सो ठाउँका १ सय ४१ वटा ब्लाङ्केट वितरण गरिएको डडेल्धुराको भागेश्वर गाउँपालिकाकी समाजसेवी गीता भट्टले बताइन् ।
गीता भट्टको समन्वयमा सोही भागेश्वर गाउँपालिकाका युवा समाजसेवी पुष्प भट्ट, एलिस भट्ट र विवेक साउदले राहत वितरण गरेका हुन । एलिस भट्टले आफ्नै बुवा आमाको विशेष पहलमा सपरिवार मिलेर विकट क्षेत्रमा प्रत्यक्ष सहभागी भै राहत वितरण गर्न पाउँदा अत्यन्तै खुसी व्यक्त गरे । उनले भने, ‘विदेशमा श्रम गरेर यसरी पीडितहरूलाई सहयोग गर्ने सम्पूर्ण मनकारी समाजसेवी व्यक्तित्वहरुलाई हृदय देखि नै सम्मान व्यक्त गर्न चाहन्छु ।’
प्रभावित परिवारलाई थोरै भएपनि राहत वितरण गर्न पाउँदा आफूलाई खुसी लागेको गीता भट्टले बताइन् । चिसोको समयमा राहत पुगोस् भन्ने उद्देश्यले ब्लाङ्केट वितरण गरिएको उनले बताइन् । चिसो बढेसँगै भूकम्प प्रभावित समस्या परेका छन् । पीडित परिवारलाई चिसोमा राहत पुगोस् भनेर ब्लाङ्केट प्रदान गरिएको उपकारी नेपाली समूह साउदी अरबका अध्यक्ष खेमराज भट्टाले बताए ।
पारिवारिक समाज साउदी अरबद्वारा ५२ हजार नेपाली रुपैयाँ तत्काल छलफल गरी सहयोग गरिएको अध्यक्ष अमृत पौडेलले बताए । कास्की आदर्श सेवा समाज साउदी अरबद्वारा ५२ हजार नेपाली रुपैयाँ सहयोग गरिएको समाजका निवर्तमान अध्यक्ष अमर सापकोटले जानकारी दिए । त्यस्तै समाजका संरक्षक वासुदेव सापकोटाले विपत्तिको समयमा सहयोग पुगोस् भनेर सहयोग गरिएको बताए ।
त्यस्तै सुदूर पश्चिमेली नेपाली समाज साउदी अरबद्वारा ४० हजार नेपाली रुपैयाँ रकम सहयोग गरेको संस्थाका महासचिव केशबहादुर सिंह जानकारी दिए । समाजका सहसचिव केशवसिंह धामीले आफूहरू उद्देश्य भूकम्प प्रभावितलाई सहयोग पुगोस् भन्ने रहेको बताए ।
संकलन भएको पूरा रकम र समूहको कोषमा मौजाद केही रकमसमेत निकासा गरी चिसोबाट बच्नको लागि रु ३ लाख ४४ हजार बराबरको ब्लाङ्केट १ सय ४१ परिवारलाई वितरण गरिएको उपकारी नेपाली समूहले जनाएको छ । युवा समाजसेवी पुष्प भट्टले विपतको समयमा भूकम्प पीडितहरूसम्म राहत पुगोस् भनी सहयोग गर्ने सहयोगी तथा मनकारी समाजसेवी व्यक्तित्वहरूलाई धन्यवाद व्यक्त गरे ।
अभियानमा संस्थाका अध्यक्ष तथा संयोजक खेमराज भट्ट , पारिवारिक समाज साउदी अरबका अध्यक्ष तथा कोर टिम सदस्य अमृत पौडेल, जनसम्पर्क समिति साउदी अरबका निवर्तमान सभापति तथा कोर टिम सदस्य दीपक रेग्मी, कास्की आदर्श समाज साउदी अरबका निवर्तमान अध्यक्ष तथा कोर टिम सदस्य अमर सापकोटा, कास्की आदर्श समाज साउदी अरबका अध्यक्ष मनिष थापा, कास्की आदर्श समाज साउदी अरबका संरक्षक तथा संस्थाका कोषाध्यक्ष वासुदेव सापकोटा, स्याङ्जा सहयोग समाजका अध्यक्ष तथा कोर टिम सदस्य पारस काफ्ले, झापाली समाज साउदी अरबका अध्यक्ष तथा कोर टिम सदस्य राजेन्द्र थापाको विशेष सहयोग रहेको जनाएको छ ।
त्यस्तै नेपाल तामाङ घेडुङ शाखा साउदी अरेबिया वरिष्ठ उपाध्यक्ष तथा कोर टिम सदस्य अमृत घिसिङ, आसिष गैरे कोर टिम सदस्य ,गोपाल पंगेनि ,लालीगुराँस नेपाली रेस्टुरेन्टका सञ्चालक तथा कोर टिम सदस्य धिरज साउँद, कोर टिम सदस्य संजोग पाण्डे , साहित्य चौतारी नेपाल साउदी अरेबिया का अध्यक्ष तथा कोर टिम सदस्य भीम विश्वकर्मा,कोर टिम सदस्य याम गैरे,पदम थापा मोरङ ,आदित्य कर्ण, सुरज तिवारी,सुरेन्द्र खनालको अभियानमा विशेष सहयोग रहेको जनाइएको छ ।
उपकारी नेपाल समूह साउदी अरेबिया गत फेब्रअरीमा मात्रै स्थापना गरिएको थियो भने यो समूहले यस्तै आपत्कालीन अवस्थामा सहयोग गर्ने गरेको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गत कार्तिक १७ गते राति गएको भूकम्पले ठुलो धनजनको क्षति हुनुका साथै हजारौँ परिवार प्रभावित भएका छन् । न्यानो कपडा पाउँदा भुकम्प प्रभावित क्षेत्रका नागरिकले खुशी व्यक्त गरेका छन् ।
हाम्रो पहुँच संवाददाता । २७ मंसिर २०८०, बुधबार