जाजरकोटमा नेपाली पोशाक दौरा,सुरुवाल र कोट सिलाई प्रतियोगिता हुने


खलंगा । जाजरकोटमा नेपाली पोशाक दौरा, सुरुवाल र कोट सिलाई प्रतियोगिता हुने भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटको आयोजनामा सिलाई प्रतियोगिता हुन लागेको हो । कार्यालयले एक सूचना जारी गर्दै प्रतियोगितामा सहभागी हुन अपिल गरेको कार्यालय प्रमुख महेन्द्र कुमार भडेलले जानकारी दिए ।

सूचनामा भनिएको छ, प्रस्तुत विषयमा यस कार्यालयको आर्थिक वर्ष २०८०।८१ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार मिति २०८०।८।१६ गतेका दिन बसेको जिल्ला उद्योग प्रवर्द्धन विकास समितिको बैठकको निर्णयानुसार सीप प्रतियोगिता अन्तर्गत सिलाई कटाई नेपाली पोषाक (दौरा सुरुवाल, कोट) सिलाईको प्रतियोगिता संचालन हुने भएकोले यस जाजरकोट जिल्ला भित्र सिलाई कटाई सम्बन्धि तालिम लिएका प्रशिक्षार्थीहरु बीच प्रतियोगिता संचालन हुने भएकोले यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र तपशिलमा उल्लेखित आवश्यक कागजात सहित उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटमा रु. १० (दश) को हुलाक टिकट संलग्न राखी आवेदन पेश गर्नु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपाईको प्रतिक्रिया