उपमेयर सिंहको परिवारलाई विमा वापतको दावी रकम भुक्तानी

No description available.
जाजरकोट । नलगाड नगरपालिका उपप्रमुख स्व. सरिता सिंहको परिवालाई विमा वापतको दावी रकम भुक्तानी गरिएको छ । सिटिजन लाइफ इन्सोरेन्स कम्पनी लिमिटेडको जाजरकोट शाखाले विमा वापतको ५ लाख ४० हजार दावी रकम भुक्तानी गरेको हो । शाखा प्रमुख गोविन्द्र बुढाका अनुसार एक कार्यक्रमको आयोजना गरी मृतक सिंहकी दिदी तारा कुमारी शाहीलाई उक्त रकम हस्तान्तरण गरिएको हो ।

गत कार्तिक १७ गते बारेकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्नेच्युडको भुकम्पमा परी उपप्रमुख सिंहको खलंगामा मृत्यु भएको थियो । कार्यक्रममा म बोल्दै कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसीले नागरिकको जिउ धनको सुरक्षाको लागि विमा आवश्यक भएको र सबैले आ–आफ्नो आवश्कता अनुसार विमा गर्नुपर्ने बताए ।

यस्तै, नेपाल विमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारीले विमाको पहुँच दुरदराजका बस्तिसम्म पु¥याउनपर्ने आवश्यकता रहेको र यसका लागि आफुले पनि विभिन्न कार्यक्रमहरु अगाडि बढाएको बताए ।

कर्णाली प्रदेश सरकारले राष्ट्रिय विमा कम्पनी लिमिटेड सँग सम्झौता गरी प्रदेश भित्रका नागरिकको दुर्घटना विमा गरिदिएको र उक्त दुर्घटना विमा वापत भुकम्पमा परी मृत्यु भएका प्रत्येक व्यक्तिलाई राष्ट्रिय विमा कम्पनीले जनही २ लाख रुपैयाँका दरले रकम भुक्तानी गरेको छ ।

गैरआवसीय नेपाली संघ कुवेतको नेतृत्व र गैरआवसीय नेपाली संघ राष्ट्रिय समुन्वय परिषद इराकको सहकार्यमा ३८ जना मृतक परिवारलाई बीस हजारका दरले र ६८ जना विस्थापित परिवारलाई दश हजारका दरले एनआरएनए कुवेत का अध्यक्ष रणध्वज लामाले सहयोग हस्तान्तरण गरेका थिए ।

नलगाड नगरपालिकाको कार्यालयमा आयोजित एक कार्यक्रममा कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण बहादुर जिसी, नलगाड नगरपालिकाका मेयर डम्बर बहादुर रावत, नेपाल विमा प्राधिकरण कर्णाली प्रदेश प्रमुख पदम सोडारी, नलगाड नगरपालिका –४ का वडाअध्यक्ष बद्री पन्त लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो । मृतक उपप्रमुख सिंहले जाजरकोट शाखामा विमा गरेकी थिईन् ।

No description available.

तपाईको प्रतिक्रिया