जाजरकोट । जाजरकोट घर भएका कर्मचारीहरूले जिल्लाका भूकम्प पीडितहरूका लागि आर्थिक सहयोग गरेका छन् ।
काठमाडौं उपत्यकाका साथै अन्य जिल्लामा कार्यरत कर्मचारी र जाजरकोट जिल्लामा सेवा गरेका कर्मचारीहरूले २ लाख ८९ हजार ८४८ रुपैयाँ सहयोग गरेका हुन् ।
संकलित रकम भूकम्प प्रभावित राहत कोष जाजरकोटको खातामा जम्मा गरिएको श्रम अदालत, काठमाडौंमा कार्यरत कर्मचारी नरेन्द्रबहादुर शाहीले जानकारी दिए ।
गत कात्तिक १७ गते राति बारेकोट गाउँपालिकाको रामीडाँडा केन्द्र भएर गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति भएको छ ।
भूकम्प प्रभावितहरू त्रिपालमा बसिरहेका छन् ।
हाम्रो पहुँच संवाददाता । ११ मंसिर २०८०, सोमबार