राष्ट्रपति पौडेलले गरे भूकम्प प्रभावित क्षेत्रको अवलोकन

जाजरकोट । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्र जाजरकोटको अवलोकन गरेका छन् । राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिए।

पौडेलले भेरी नगरपालिकामा भूकम्पले भत्केका घरहरूको निरीक्षण गर्नुका साथै स्थानीयहरूसँग छलफल गरेका छन ।
त्यस क्रममा प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले राहत वितरण प्रक्रियाका विषयमा राष्ट्रपतिलाई जानकारी गराएका थिए।

तपाईको प्रतिक्रिया