भूकम्पमा परी अमिन एलिना भण्डारीको मृत्यु


जाजरकोट । भूकम्पमा परी जाजरकोट नापी कार्यालयमा कार्यरत अमिन एलिना भण्डारीको मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका वडानम्बर ६ निवासी भण्डारी राष्ट्र सेवाको शिलशिलामा जाजरकोट नापी कार्यालयमा कार्यरत अमिन पदमा कार्यरत थिइन् ।

भण्डारीसँगै रहेका उनका भाइ प्रज्वलको पनि मृत्यु भएको छ । दसैंपछि एलिनाले भाईलाई समेत आफैसँग राखेकी थिइन् ।

तपाईको प्रतिक्रिया