“गाउँदेखि सहरसम्मको यात्रा” पुस्तकले भावुक मात्रै बनाउँदैन्, ज्ञानगुण र संघर्षको मैदानमा दौड्न सिकाउँछ

एउटा पाठकको रुपमा भन्नुपर्दा आदणीय गुरु कालीप्रसाद थापाले लेख्नुभएको “गाउँदेखि सहरसम्मको यात्रा” (नियात्रा ) को विषयवस्तु, प्रस्तुति ,भाषाशैली सबै उत्कृष्ट लाग्यो ।

गुरु तपाई एउटा कुशल प्रशिक्षक हुनुहुन्छ नै हाम्रो लागि ठूलो प्रेरणाको स्रोत पनि हुनुहुन्छ । यो कृति पढ्दै गर्दा हजुरले त्यो अवस्थामा भोगेका दुःख, पीडा अभाव सबै कुराहरुलाई वास्तविक रुपमा समेट्नु भएको रहेछ । केही समय यो पुस्तक पढ्न सुरु गरेपछि विश्राम नै नलिई अत्यन्त अभिरुचिपूर्वक पढेँ ।
पढ्ने क्रममा कतिपय ठाउँमा आफ्नो भोगाई र सोचाई सँग मेल खाएजस्तो पनि लाग्यो, कता कता भाबुक पनि भए ।

जब घरदेखि त्यो विरानो शहर जाँदै गर्दा आमाको आँखाभरी टिलपिल– टिलपिल त्यो आँशु,अनि अनुहारमा हल्का मुस्कान छोडेजस्तो आमाको मलिन अनुहार ! त्यो क्षणलाई म शक्तिको रुपमा लिन्छु । आफ्नो सन्तान जबकी उ जन्मिएदेखि आमाको त्यो न्यानो काखमा हुर्कदै, खेल्दै गरेको जब घरदेखि केही समय बाहिर जादै गर्दा ,आमालाई छोरो पढिलेखि ठुलो मान्छे बन्ला भन्ने एउटा मनमा सोच हुन्छ नै , तर कता कता आमालाई पिडा पनि भैरहेको हुन्छ, फेरि नहोस् पनि कसरी त्यो समय जब माओवादीले वि.सं. २०५२÷५३ देखि ०६२÷६३ सम्मको सशस्त्र जनयुद्ध कालमा राम्रोसँग पढ्नु त परै जाहोस् ,धेरै गाउँघरतिर अहिलेको जस्तो डुल्न घुम्न जाने अबस्था नै थिएन् ।

छोरा छुट्टीदा त्यो पीडा हु्न्छ नै, तर देशमा भयावह कठिन परिवेशमा छोरालाई शहर पठाउँदै गर्दा आमाको मन कस्तो भयो होला, त्यो क्षण मैले महशुस गर्न सकिन । मलाई लाग्छ आमाबुवा बाहेक यो संसारमै आफ्नो सन्तानको खुशीको त्यो क्षणमा रमाउने, अनि त्यो दुख अभावमा कत्तै पनि नआत्तिन र बिचलित नहुन सधैं मार्गदर्शन गरिरहे आमाबुवा बाहेक अरु कोही छैन ।

त्यस्तो समयमा पढ्नुपर्छ भन्ने सोचले गाउँबाट शहर सम्मको यात्रा प्रारम्भ गर्दै गर्दा त्यो क्षण उहाँको लागि आज जुन अवस्थामा हुनुहुन्छ ,त्यो समयमा उहाँले यो निर्णय गर्नु नै जिन्दगीको ठुलो उपलब्धी हो भन्छु म ।

हजुरको जीवनमा घटेका धेरै घटना र परिघटनाहरु पढ्दै गर्दा ह्दयलाई छोयो । कति प्रसङ्गले त भाविल पनि बनायो ।

यो पुस्तक पढ्दै गर्दा मैले सिकेका पाठहरु मध्ये एउटा पाठ हो जुन, जीवनमा संघर्ष गर्दै जादा कतै पनि विचलित नभईकन निरन्तर आफ्नो कर्ममा कर्मशिल भएर लागिरहनुपर्ने रहेछ,भन्ने ठुलो ज्ञान प्राप्त गरे ।
यो पुस्तक हरेकका लागि पढ्नुपर्ने पठनीय छ । यस पुस्तकले पाठकलाई कतै रमाइलो अनुभव गराउछ नै, कतै ज्ञान गुणका कुराहरु सिक्न प्रेरित गर्दछ ।

आदरणीय गुरु हजुरलाई धेरै धेरै बधाई छ । आगामी दिनहरूमा हजुरका यस्तै धेरै पुस्तकहरु पढ्न पाइयोस् हार्दिक शुभकामना ।।

तपाईको प्रतिक्रिया