रावतगाउँ । जिल्लाको भेरी नगरपालिका – ०१ रावतगाउँमा नयाँ सहकारी सञ्चालनमा आएको छ । ३० जना सेयर सदस्य जोड्दै फुलबारी बुहुउद्देश्यीय सहकारी सञ्चालनमा आएको हो । सहकारीको अध्यक्षमा दिपक नेपाली चयन भएका छन् । संस्थामा ७ जना कार्य समिति रहेका छन् ।
सदरमुकाम नजिकै रहेको रावतगाउँ निकै पछाडि परेको र यहाँका सर्वसाधारणको दैनिकीलाई सहज बनाउन सहकारी गठन गरिएको अध्यक्ष नेपालीले बताए । सहकारी मार्फत रोजगारी सिर्जना गर्ने, सचेतनाका कार्यक्रम सञ्चालन गर्नुका साथै रावतगाउँबासीको समृद्धि सँग जोडेर लैजाने समेत अध्यक्ष नेपालीले बताए ।
यस्तै, सहकारी सँग जोडिएका १५ जना सदस्यहरुलाई ५०० सयका दरले सम्मान स्वरुप रकम वितरण गरिएको छ । अध्यक्ष नेपालीको व्यक्तिगत लगानीमा ५ वटा यूवा क्लवमा भलिवल वितरण गरिएको जनाईएको छ । सहकारी अहिले सुरुवाती चरणमा रहेकोले सबैले सहयोग गर्नुपर्ने आग्रह गरे । सहकारीको उद्धघाटनमा भेरी नगरपालिका उपप्रमुख सिता जैसी, कस्तुरी सहकारीका प्रबन्ध निर्देशक राजु केसी सहित अन्य अतिथिहरुको उपस्थिति रहेको थियो ।
हाम्रो पहुँच संवाददाता । २ कार्तिक २०८०, बिहीबार