बारेकोट । सुत्केरी भएर स्वास्थ्य अवस्था जटिल हुदै जाँदा बारेकोट गाउँपालिका-६ की १८ वर्षीया सपना बस्नेतलाई रुकुम पश्चिमको चौरजहारी अस्पतालबाट उद्धार गरि सुर्खेत प्रदेश अस्पतालमा लिइएको छ ।
बारेकोट गाउँपालिकाको लिम्सा स्थित स्वास्थ्य संस्थामा उपचार नभएपछि रुकुम पश्चिमको चौरजहारी अस्पतालमा बस्नेतलाई उपचारका लागि सिफारिस गरिएको बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले बताउनुभयो ।
सुत्केरी बेथा लागेर गम्भिर भएकी बस्नेतले मृत बच्चाको जन्म दिएपनि आमाको स्वास्थ्य अवस्था समेत जटिल भएपछि गाउँपालिकाको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रम मार्फत नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरि प्रदेश अस्पतालमा लिइएको छ
|
चौरजहारी अस्पतालले बिरामीको साथमा एक जना डाक्टर समेत पठाएको अस्पतालका प्रशासक दिलबहादुर गिरीले बताउनुभयो ।
हाम्रो पहुँच संवाददाता । २५ आश्विन २०८०, बिहीबार