जाजरकोट । विश्व हुलाक दिवस जाजरकोटमा पनि मनाईएको छ । जिल्ला हुलाक कार्यालय जाजरकोटको आयोजनामा कार्यालय वरिपरि सरसफाई तथा सम्मान कार्यक्रमको आयोजना गरी मनाईएको हो ।
सोही दिवसको अवसरमा कार्यालयमा कार्यरत खरिदार देबेन्द्र शर्मा र कमला मल्ललाई सम्मान गरिएको छ । कार्यसम्पादनमा अरु कर्मचारी भन्दा उत्कृष्ठ काम गरेवापत दोसल्ला ओढाएर सम्मान गरिएको हुलाक कार्यालय जाजरकोटले जनाएको छ ।
सम्मान कार्यक्रममा बोल्दै जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माले आफुले जागिरे जीवन हुलाक क्षेत्र बाट नै सुरु गरेको भन्दै हुलाक सेवामा आम मानिसहरुको बुझाई सकरात्मक रहेको बताए । अहिलेको प्रविधिको विकासले हुलाक क्षेत्रमा केही असर पारेपनि हुलाक सेवालाई परिमार्जित गरी अझ विस्तृत पार्नुपर्नेमा शर्माले जोड दिए ।
पत्रकार महासंघ जाजरकोटका अध्यक्ष बालकुमार शर्माले पहिले हुलाकीहरुको महत्वलाई सम्झिदैं वर्तमान समय अनुकुल हुलाक सेवा बनाउनुपर्ने बताए । कुरियर सहितको सेवालाई अझ प्रभावकारी बनाई पहिले जस्तै हुलाक सेवा प्रति विश्वास बढाउनुपर्ने शर्माको भनाई छ ।
जिल्ला स्थित सरकारी कार्यालयका चिठी, कागजजातहरु ओसारपसार गर्न कार्यालयलाई सबै जिम्मा दिनुपर्ने हुलाक कार्यालयको माग छ ।
यस्तो छ विश्व हुलाक दिवसको संक्षिप्त इतिहास
विश्व हुलाक दिवस हरेक वर्ष ९ अक्टोबरमा, स्विस राजधानी, बर्न मा सन् १८७४ मा विश्वव्यापी हुलाक संघ स्थापना भएको संझनामा मनाइन्छ।
आजभन्दा सवा दुई सय वर्ष अगाडी सन् १८७४ मा जापानको टोकियामा अन्तर्राष्ट्रिय हुलाक सङ्घको गठन भएको सम्झनामा सन् १९६९ वाट विश्व हुलाक दिवस मनाउन सुरु गर्ने औपचारीक घोषणा गरिएको थियो । सञ्चारको प्रारूपको सुरुवात हुलाक वाट शुरुभएको हो, मुगलान अथवा सहर गएका परिवारका सदस्यहरूले घरमा र घरकाले उनीहरूसँग कुरा गर्न हुलाकको प्रयोग गर्दथे, हुलाकी अथवा हलकाराहरूको सम्मान गाउँमा बेग्लै हुन्थ्यो ।
धेरै परसम्म चिठी र खबर पूर्याउन धेरै जना हुलाकीहरूले आफ्नो जिवनकालनै बिताएका छन्, आज उनीहरूको सम्झना गर्ने दिन पनि हो । गाउँघरमा राती बस्दा हुलाकीहरूलाई विशेष ग्राहयता दिइन्थ्यो अनि उनीहरू त्यति वेलाको समयका रेडियो, टिभी, इन्टरनेट भनेको उनिहरुनै थिए । रातबिरात पत्र पूर्याउन गाँउगाँउमा हलकारा अर्थात् हुलाकीहरू पत्रको झोला सहित हिँड्ने गर्दथे, यसो गर्दा राती बास बस्न पर्दथ्यो । अहिले जस्तो सहज होटेल हरू नभएका त्यतीबेलाको नेपालमा हलकारा अर्थात् हुलाकीहरू लाई प्रथम ग्राहयता सहित बसाइन्थ्यो । मान्छेहरूले साक्षरताको अधिकतम उपयोग नै पत्र पढ्दा र हरहिसाब गर्दा गर्दथे, सुस्तरी समाजको अवयवहरू परिवर्तन त भएको हो तर संरचना बिलकुलै उस्तै छ ।
वर्ष २०२३ को नारा
वर्ष २०२३ को विश्व हुलाक दिवसको नारा भनेँ “Together for trust” रहेको छ । हुलाक कार्यालयहरूले एकताबद्ध र समावेशी समुदायहरुको श्रृजनामा महत्त्वपूर्ण भूमिका खेल्छन्। आजपनि बिश्वभरि ५० लाख भन्दा बढी हुलाक कर्मचारीहरूले सन्देश, उपहार र सामानदेखि लिएर पैसा र औषधिसम्म विभिन्न प्रकारका अत्यावश्यक र व्यक्तिगत वस्तुहरू तोकिएको ठाँउमा सुम्पने काम गर्दछन् । यस वर्षको विषयवस्तुले शताब्दीयौंदेखि विकसित भएको हुलाकको व्यापक भौतिक सञ्जाललाई पूरा गर्ने डिजिटल गर्दै एकल हुलाक क्षेत्रको विकासमा सहयोग गर्न सरकार र उनीहरूका हुलाक सेवाहरूलाई आग्रह गर्दछ।
विश्व हुलाक दिवसको सबैलाई शुभकामना, इतिहास बोकेको यो सेवालाई हामीले जगेर्ना गर्न र आँउदो पुस्ताहरुलाई बताउन जरुरी छ , कि कसो ?
हाम्रो पहुँच संवाददाता । २२ आश्विन २०८०, सोमबार