इजरायलमा १० नेपालीको मृत्युमा मंगलबार राष्ट्रिय शोक घोषणा


काठमाडौँ । सरकारले हमासको आक्रमणमा परी नेपालीहरूले ज्यान गुमाएको दु:खद घटनापछि मंगलबार राष्ट्रिय शोक घोषणा गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले राष्ट्रिय शोक घोषणा गरेको हो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका अनुसार उनीहरूको सम्मानमा मंगलबार आधा झण्डा झुकाइने छ । ‘यस अकल्पनीय घटनामा दिवङ्गत हुनुभएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने,’ मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

गाजा क्षेत्रबाट हमासले शनिबार इजरायली क्षेत्रमा गरेको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया