खलंगामा बजार अनुगमन

No description available.
जाजरकोट । चाडपर्वलाई लक्षित गर्दै जाजरकोट सदरमुकाम खलंगामा बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र जिल्ला प्रशासन कार्यालयको मुख्य आयोजनामा संयूक्त बजार अनुगमन गरिएको हो ।

बजारमा दररेट फेरबदल, म्याद नाघेका समानको विक्री, मुल्यमा एकरुपता नभएको भन्ने सर्वसाधरणको गुनासो आएपछि संयूक्त बजार अनुगमन गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटमा कार्यरत पवन शर्माले जानकारी दिए । अधिकांश पसलहरु पहिलेको भन्दा सुधार भएको शर्माले बताए ।

गैरीखाली,शान्तिचौतारा, ठाँटी बजारमा अनुगमन गरिएको छ । कतिपय पसलहरु बाट म्याद गुज्रेका खाद्य सामग्री बरामद गरी नष्ट गरिएको छ । ५० हजार भन्दा बढी मुल्य बराबरका खाद्य सामग्री बरामद गरिएको छ । दर्ता नभएका उद्योग तथा पसलहरुलाई दर्ता गर्न सल्लाह दिईएको छ ।

No description available.

जिल्ला कृषि विकास कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, नागरिक समाज, पत्रकार महासंघ, उपभोक्ता हक हित संरक्षण मञ्च, उद्योग वाणिज्य संघका प्रतिनिधीहरुको उपस्थितिमा संयूक्त बजार अनुगमन गरिएको छ ।

तपाईको प्रतिक्रिया