
जाजरकोट । नेकपा (एकीकृत समाजवादी) छेडागाड नगर कमिटीको बैठक सम्पन्न भएको छ । छेडागाड नगरपालिकाको प्रशासनिक केन्द्र मनघाटमा बुधबार नगर कमिटीको बैठक सम्पन्न भएको हो ।
सम्पन्न बैठकले स्थानीय तहले गर्ने पक्षपात, ढिलासुस्ती, कमिसनखोरी र भ्रष्टाचारी हर्कतका बिरुद्धमा जागरण अभियान संचालन गर्ने निर्णय गरेको नेकपा (एस) जाजरकोट अध्यक्ष कमानबहादुर खड्काले जानकारी दिए ।
आम नागरिकलाई व्यवसायिक कृषिमा जोडने, पुर्बाधार बिकास निर्माणमा क्वान्टीटी र क्वालिटीको अध्ययन गर्ने, कृषि क्षेत्रको सरकारी लगानी तथा अनुदानको निगरानी गर्ने, तमाम योजना तथा अनुदानमा गरिएको अनियमितताको पार्टीको तर्फबाट भ्रष्टाचारीहरुका बिरुद्धमा टोल टोलमा नागरिक सचेतना अभियान चलाउने बैठकले निर्णय गरेको अध्यक्ष खड्काले बताए ।

सम्पन्न बैठकले संगठित सदस्यता नबिकरण गर्ने, कार्तिक मसान्तसम्म नयाँ सदस्यता फर्म भर्ने, मंसिर–१५ गते भित्र सदस्यता संख्या एकिन गरेर प्रदेश कमिटीमा पठाउने, पौष–२१ गते जिल्लाको महाधिवेशन प्रतिनिधि छनौट गर्ने, माघ–१४–१८ सम्म दशौ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न, नगर कमिटीले गर्नुपर्ने सम्पूर्ण गतिविधि अगाडी बडाउने निर्णय गरेको छ अध्यक्ष खड्काले भने—“यहि असोज–२८ गते मेची–महाकाली राष्ट्रिय जागरण अभियान टीम सुर्खेत पुग्ने भएको हुदा जाजरकोट जिल्लाबाट १०० जनाको टीम ब्यानर सहित दिउँसो १ः०० बजे मंगलगडी चोकमा पुग्ने निर्णय भएको छ ।”

















































हाम्रो पहुँच संवाददाता । १८ आश्विन २०८०, बिहीबार