खलंगा । भेरी नगरपालिका भित्र दर्ता नभई अवैध रुपमा सञ्चालन हुदै आएका ट्युसन तथा कोचिङ सेन्टरलाई १५ दिन भित्र दर्ता गर्न नगरपालिकाले निर्देशन जारी गरेको छ ।
बुधबार एक सूचना जारी गर्दै लामो समयदेखि अवैध रुपमा सञ्चालन हुदै आएका ट्युसन तथा कोचिङ सेन्टरहरुलाई आवश्यक प्रक्रिया पुरा गरी १५ दिन भित्र नगरपालिकामा दर्ता गर्न निर्देशन जारी गरेको हो ।
तोकिएको समयमा दर्ता नहुने उक्त सेन्टरहरुलाई कारबाही गरिने प्रशासकीय अधिकृत प्रकाश बटालाले जानकारी दिए । ‘नगरपालिका भित्र थुप्रै ट्यूसन सेन्टरहरु सञ्चालनमा छन् तर दर्ता भएका छैनन््’ उनले भने, ‘आवश्यक प्रक्रिया पुरा गरी दर्ता हुन आउन अनुरोध छ । नत्र नगरपालिका प्रचलित कानुन बमोजिम अघि बढ्छ ।’
हाम्रो पहुँच संवाददाता । १७ आश्विन २०८०, बुधबार