जिल्ला स्तरीय स्वास्थ्य समिक्षा : छ पालिकालाई उछिन्दै बारेकोट बन्यो पहिलो !

जाजरकोट । जिल्लाका सात वटै स्थानीय तहका स्वास्थ्य शाखाको बार्षिक समिक्षा गोष्ठीमा बारेकोट गाउँपालिकाको स्वास्थ्य शाखा प्रथम भएको छ । दुर्गम गाउँपालिकाको नामले चिनिने बारेकोट सुगम पालिकाहरुलाई उछिन्दै प्रथम भएको हो ।

स्वास्थ्य सेवा कार्यालय जाजरकोटले तोकेका स्वास्थ्य क्षेत्रका मापदण्ड पुरा गर्दै बार्षिक प्रगति विवरणका आधारमा स्वास्थ्य शाखा बारेकोटले आ.व.२०७६/०७७, ०७७ / /०७८ मा लगातार सुगमका पालिकालाई उछिन्दै आएको छ । गत आ.व. २०७९/०८० मा पनि बारेकोटले सबै पालिकालाई जितेर प्रथम भएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटमा प्रमुख डा. प्रतिक्षा भारतीले जानकारी दिईन् ।

बारेकोटले ८७ दशमलब ९ प्रतिशत ल्याएर प्रथम भएको हो । यस्तै सदरमुकाम खलंगामा रहेको भेरी नगरपालिकाले ८६ दशमलब ७ प्रतिशत ल्याएर दोस्रो, नलगाड नगरपालिकाले ८३. दशमलब ६ प्रतिशत ल्याएर तेस्रो भएको छ । यो वर्ष पनि प्रथम स्थान बारेकोटकै हातमा गएको छ ।

May be an image of 14 people and text

May be an image of 4 people, people smiling, hospital and text

May be an image of 7 people and text

May be an image of text

तपाईको प्रतिक्रिया