मन्त्री बस्नेतद्वारा जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन

No description available.
जाजरकोट । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जाजरकोट बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्नुभएको छ । भवनको अभावमा खाली स्थानमा अध्ययन गर्न बाध्य विद्यार्थीहरू अब भने कक्षा कोठामा बसेर पढ्न पाउने भएका छन् । भेरी नगरपालिका-५ स्थित काफलचौरमा निर्माण भएको जाजरकोट बहुप्राविधिक शिक्षालय पाँच करोड १८ लाखमा निर्माण भएको हो ।

भवन रोयल कन्स्ट्रक्सन निर्माण कम्पनीले २०७८ पुस २६ गते सम्झौता गरी निर्माण सुरु गरेको थियो । सो अवसरमा मन्त्री बस्नेतले विद्यार्थीलाई सम्बोधन गर्दै मेहनतबाटै सफलता प्राप्त हुनेमा जोड दिनुभयो । उहाँले शिक्षालयमा नयाँ कार्यक्रमसमेत थप्ने तयारी भइरहेको बताउँदै शिक्षालयसम्म पुग्ने सडक निर्माणका लागि काम भइरहेको बताउनुभयो ।

सो अवसरमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, पूर्वशान्तिमन्त्री सत्य पहाडी, भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीको पनि सहभागिता थियो । रासस

तपाईको प्रतिक्रिया