रुपान्तरण अभियानमा रहेका माओवादी कार्यकर्ताले उठाए अस्पतालको फोहोर


जाजरकोट । संविधान दिवसको अवसरमा माओवादी विशेष रुपान्तरण अभियानमा गाउँ पसेका माओवादी कार्यकर्ताले अस्पताल वरिपरि सरसफाई कार्यक्रम सम्पन्न गरेका छन् । दैलेखको दुल्लु नगरपालिकामा रहेको दुल्लु अस्पताल वरिपरि थुप्रिएर रहेको फोहोर व्यवस्थापनका साथै सरसफाई अभियान सम्पन्न गरेका हुन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं दुल्लु नगर इन्चार्ज पार्वती विक (शान्ता), नगर अध्यक्ष हंस बहादुर खड्का सहितको ६० जनाको टीमले ४ घण्टा लगाएर सरसफाई कार्यक्रम गरेको थियो । सरसफाई कार्यक्रममा सहभागी टीमका सदस्यहरु, अस्पतालका स्वास्थ्यकर्मी सबैलाई अभियानका टीम कमाण्डर पार्वती विकले जनता सँग माओवादी हिजो पनि थियो आज पनि छ र भोलि पनि हुनेछ भन्दै माओवादी जनताको सारथी रहेको बताईन् ।

जनताले ल्याएको व्यवस्थालाई बचाईन राख्न जनताको महत्वपूर्ण भूमिका रहेको समेत बताईन् । अव माओवादीले चाहेको समाजवादको लक्ष्य पूरा गर्न जनताको साथ चाहिएको र अगाडि बढ्न समेत आग्रह गरिन् । यतिवेला नेकपा माओवादी केन्द्रले तीन महिने विशेष रुपान्तरण अभियान चलाएको छ ।

तपाईको प्रतिक्रिया