अरिङगालले टोकेर कुशेमा एक जनाको ज्यान गयो


कुशे । जिल्लाको कुशे गाउँपालिकामा अरिङगालले टोकेर एक जनाको ज्यान गएको छ । कुशे गाउँपालिका –०८ जिन्तालाकी ६३ बर्षिया कालिका देवि सिंहको ज्यान गएको हो ।  मंगलबार बाख्रा चराउन  गोठालो गएकाे वेला १ सय भन्दा बढी कालो अरिङगालले टोकेर ज्यान गएको वडाध्यक्ष डिल्लीबहादुर सिंहले जानकारी दिए ।

मृतक सिंहलाई उपचारका लागि घरङगा स्वास्थ्य चौकीमा लिईएको थियो । त्यहाँ उपचार हुन नसकेपछि उपचारका लागि जिल्ला अस्पताल लिने क्रममा दम्दालामा निधन भएको थियो ।

तपाईको प्रतिक्रिया