दक्षिण पश्चिम पाकिस्तानमा भएको विस्फोटमा ११ घाइते

पाकिस्तनको दक्षिणपश्चिम बलुचिस्तन प्रान्तमा बिहीबार भएको बिष्फोटमा एक धार्मिक राजनीतिक दलका नेतासहित ११ जना घाइते भएका छन्।

जमियत उलेमा ए इस्लामका नेता कलात जिल्लामा राजनीतिक ¥यालीमा भाग लिन जाँदै गर्दा प्रान्तको मस्तुङ जिल्लबाट आक्रमण भएको थियो। नाम नबताउने शर्तमा मस्तुङको प्रहरी श्रोतले प्रारम्भिक अध्ययनअनुसार नेता हाफिज हमदुल्लहको गाडीलाई आत्मघाती हमलाकारीले आक्रमण गरेको बताएको छ।

आक्रमणमा घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको छ। अहिलेसम्म कुनैपनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। अनुसन्धानका लागि सो क्षेत्रमा नाकाबन्दी गरिएको छ।

तपाईको प्रतिक्रिया