रुकुममा खोलाले बगाएर दाजुबहिनीको मृत्यु


रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारीस्थित न्याउला खोलाले बगाउँदा एकै घरका दाजुबहिनीको मृत्यु भएको छ । चौरजहारी नगरपालिका ६ का रत्न बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावना बुढाथोकीको खोलाले बगाएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णु प्रसाद श्रेष्ठका अनुसार आइतबार दुबै जना (दाजुबहिनी)को आधारभूत विद्यालय घर्तिकाँडाबाट घर फर्किँदै गर्दा खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो । मनोज ३ कक्षामा अध्ययनरत थिए भने भावना १ कक्षामा पढ्दै आएकी थिइन् ।

उनीहरुलाई खोलाले बगाएको सूचना पाएपछि स्थानीय र प्रहरीले खोजी गर्दा मनोजको शव खोलाबाट १ सय ५० मिटर तल भेटिएको हो भने भावनाको शव ८ सय मिटर तल भेटिएको स्थानीयहरूले बताए ।

तपाईको प्रतिक्रिया