भोलिसम्म झरी पर्ने


काठमाडौं । काठमाडौं उपत्यकासहित कर्णाली र सुदूरपश्चिमबाहेक पाँच प्रदेशमा भइरहेको वर्षा शनिबार बिहानसम्म नै जारी रहने भएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा अहिले मौसम सुधार भइरहेको भए पनि बाँकी प्रदेशमा भने वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले वर्षा भोलि बिहानसम्म नै कायम रहने बताउनुभयो ।

उहाँका अनुसार काठमाडौं उपत्यका तथा पूर्वी भेगमा भोलि पनि दिनभर मौसम खुल्ने सम्भावना छैन ।

उहाँले भन्नुभयो, “अहिले कर्णाली र सुदूरपश्चिम प्रदेश बाहेक अन्य प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यो क्रम भोलि बिहानसम्म नै जारी रहन्छ । भोलि दिउँसो पनि काठमाडौं उपत्यकासहित पूर्वको मौसम बदली नै रहन्छ ।”

मनसुनी न्यून चापीय प्रणाली सरदरभन्दा उत्तरतर्फ रहेकाले अहिले वर्षा भइरहेको हो । यो प्रणाली पूर्वतर्फ सरेकाले पर्सिबाट पश्चिमबाट पूर्वतर्पः मौसम क्रमशः खुल्दै जाने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया